भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १६:५६:२५
२६ वैशाख, काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीव कुमार लाल र उनीसँग सम्बन्धित व्यक्तिहरूबाट कुल ३५ करोड २३ लाख भारू बरामद भएको छ ।
प्रवर्तन निर्देशनालय (ईडी) को छापामा सो रकम बरामद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बरामद भएका नोट गणना गर्न विभिन्न बैंकबाट धेरै नोट गणना गर्ने मेसिनहरू ल्याएर गणना गरिएको बताइएको छ ।
संजीव कुमार लाल झारखण्ड प्रशासनिक सेवाको पहिलो ब्याचका अधिकारी हुन् । यसअघि उनी भाजपाको रघुवर दास सरकारमा मन्त्री सीपी सिंह र अर्जुन मुन्डा सरकारमा मन्त्री विमला प्रधानको सचिव पनि थिए ।
ईडीका अधिकारीहरूले सोमबार बिहान सञ्जीव कुमार लालको सरकारी निवास र उनका सहायक जहाँगीर आलमको निजी निवासमा छापा मारेका थिए । यसबाहेक एक कम्पनीमा सञ्चालक रहेका व्यापारी मुन्ना सिंह, उनकी श्रीमतीसहित ग्रामीण विकास विभागका इन्जिनियर कुलदीप मिञ्ज र विकास कुमारको घरमा छापा मारिएको थियो ।
यस अवधिमा जहाँगिर आलमको घरबाट सबैभन्दा बढी नगद बरामद भएको छ । उनीबाट ३१ करोड २० करोड भारू रुपैयाँ बरामद भएको छ । यस छापामारीमा केही सरकारी कागजपत्र समेत बरामद भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार