चर्चित बलिउड अभिनेता सोनुको गाडी प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
फागुन ९, २०७८ सोमबार १६:२९:२०
९ फागुन, एजेन्सी । बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो ।
यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन् । बहिनीको प्रचारका लागि सोनु अहिले पञ्जाबमा छन् । यहीबीचमा उनी मतदान भइरहेको स्थानमा गाडी लिएर जाने प्रयास गरिरहेका थिए ।
मोगा जिल्लाका पीआरओ प्रभदीप सिंहले सोनु जबर्जस्ती मतदानको बुथमा पस्ने प्रयास गरेकाले उनको गाडीलाई नियन्त्रणमा लिएर घर पठाइएको बताए । सोनुले पुनः गाडीलाई बाहिर निकाले कारवाही हुने उनले जानकारी दिए ।
यता सोनुले भने आफूहरू निष्पक्ष चुनाव चाहेकोले विभिन्न बुथमा विपक्षी दल अकालीका कार्यकर्ताले फोनमा धम्क्याउँदै भोट खसाउन लगाएको थाहा पाएर त्यसको अनुगमनमा गएको दाबी गरे । ‘केही बुथमा पैसा बाँडिएको छ । हाम्रो यो कर्तव्य हो कि हामी त्यसको अनुसन्धान गरौं र निष्पक्ष चुनाव सुनिश्चित गरौं । त्यहीकारण म त्यहाँ गएको थिएँ’, उनले भनेका छन् ।
सोनुले मोगाका अर्का दलका उम्मेद्वारह मतदातासँग भोट किनिरहेको आरोप लगाए । उनले यो मामलामा तुरुन्त एक्सन लिन प्रशासनसँग आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार