संसद खुलाउन एमालेको शर्तः सभामुख सापकोटाको राजीनामा
नेपालबहस संवाददाता
फागुन १०, २०७८ बुधबार ३:२१:५१
१० फागुन, काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको भेटघाटमा कुनै पनि सहमति जुट्न सकेन।
एमालेले संसद खुलाउन सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने शर्त राखेको तर देउवाले नमानेपछि सहमति जुट्न नसकेको हो।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेपछि ओलीले संसदमा सभामुख हुँदासम्म आफ्नो पार्टीको अवरोध कायमै रहने बताएका थिए।
सहभागी एमाले उपमहासचिव विष्णु रिमालका अनुसार एमालेको माग पूरा गर्ने तर्फ सरकार अग्रसर नभएकाले सहमतिको वातावरण नबनेको हो। ‘प्रधानमन्त्रीज्यूले एमसीसी पारित गर्न सघाउन आग्रह गर्नुभयो, हाम्रो पार्टी अध्यक्षज्यूले पहिला हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुस् भन्नुभयो’, रिमालले भने।
आफूहरूले कारवाही गरेका सांसद्हरूलाई सभामुखले नहटाएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएको छ। संसद् सञ्चालन हुने वातावरण भए मात्रै एमसीसीमा सघाउन सकिने धारणा ओलीले बैठकमा राखेका हुन्।
सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले संघीय संसद्को सबैभन्दा ठूलो दल एमालेको सहयोग मागेका थिए।
विद्युत प्रसारण लाइन निर्माण र सडक सुधार गर्न नेपालले ५० करोड डलर अनुदान प्राप्त गर्ने एमसीसी कम्प्याक्ट ८ फागुनमा प्रतिनिधि सभामा टेबल भएको छ। सो प्रस्ताव समयसीमा भित्रै पास गर्ने सरकारको योजना रहेको छ।
एमालेको तर्फबाट अध्यक्ष ओलीको साथमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए। यसैगरी प्रधानमन्त्री देउवाको साथमा उपाध्यक्ष पूर्णबहादुर खड्का सहभागी थिए।
संसदमा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसी पास गराउने दौडधुपमा रहेका प्रधानमन्त्री देउवाले ओलीलाई भेट्न बालुवाटार बोलाएका थिए। एमसीसी टेबल भए पनि सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पास गराउने पक्षमा मत दिन नसक्ने बताइरहेका बेला संसदको ठूलो दलसँग कांग्रेसले संवाद बढाएपछि माओवादी र एस पार्टी सर्तक बनेका छन्।
आइतबार संसदमा एमसीसी टेबुल भएकै दिन दुई नेताबीच वार्ता हुने तयारी थियो। तर प्रदर्शनकारीहरूले ओली सवार गाडीमा पनि ढुंगा हानेपछि दुई नेताको भेट रोकिएको स्रोतको दावी छ।
संसदमा एमसीसी पास हुनुअघि गत फागुन ५ मा ओलीसँग वार्ताका लागि देउवा बालकोट पुगेका थिए। पत्नी आरजुसहित पुगेका देउवालाई ओलीले पहिले गठबन्धन तोडेमा आफू सहकार्य गर्न तयार रहेको बताएका थिए। त्यतिबेला सभामुखलाई महाभियोग लगाएर भएपनि संसदमा एमसीसी टेबुल गर्ने सहमति गरेपछि नेकपा एस र माओवादी केन्द्रले सभामुख मार्फत पेस गर्न दिने निर्णय गरेका थिए। शुरुमा एस पार्टीले एमसीसी पेश गर्न दिने निर्णय गरेपछि माओवादीका अध्यक्ष प्रचण्ड अप्ठेरोमा परेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
किन नेपाल भ्रमणमा आउँदैछन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ?
मंसिर १८, २०८१ मंगलबार
सुनको मूल्य तोलामा १ हजारले बढ्यो
मंसिर १८, २०८१ मंगलबार
रचना र दीपकको स्वरमा रहेको 'रातो घोडा सेतो घोडा'को म्युजिक भिडियो सार्वजनिक
मंसिर १८, २०८१ मंगलबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार