गायिका ब्रिटनी स्पियर्स पुनः चर्चामा
नेपालबहस संवाददाता
फागुन १२, २०७८ बिहिबार १७:२५:३
१२ फागुन, काठमाडौं । हलिउड पप स्टार ब्रिटनी स्पियर्स पुनः चर्चामा छिन् । हलिउडकी लोकप्रिय यी गायिका अब लेखक भएर पाठकमाझ आउने तयारीमा छिन् । उनले प्रख्यात प्रकाशक सिमोन एन्ड सुस्टरका साथ एक पुस्तक प्रकाशनका लागि सम्झौता गरेकी छन् । यो पुस्तकमा ब्रिटनीको बायोग्राफी हुनेछ ।
उनले पुस्तकका लागि १५ मिलियन अमेरिकी डलरको सम्झौता गरेकी छन् । सिमोन एन्ड सुस्टरले ब्रिटनीको जिन्दगीमा लेखिएको किताबको अधिकार आफूले लिइसकेको छ । पुस्तकमा ब्रिटनीको करियर, सम्बन्ध र पिता जेम्स स्पियर्सको संरक्षकत्वको समयमा गायिकाको जीवनमा आएको उतारचढावलाई लेखिनेछ ।
‘ब्रिटनी स्पियर्सको जिन्दगीमा आधारित यो पुस्तक हालसम्मकै सबैभन्दा ठूलो पुस्तक हुनेछ । ब्रिटनी पनि आफ्नो कथालाई विश्वसामु पढाउन र सुनाउन निकै उत्साहित छिन्’, सिमोन एन्ड सुस्टरले भनेको छ ।
सन् २०२१ को नोभेम्बरमा ब्रिटनीले पिता जेम्सको संरक्षकत्वबाट स्वतन्त्रता पाएकी थिइन् । लसएञ्जल्स काउन्टी सुपेरियर कोर्टका न्यायाधीस ब्रेन्डा पेनीले गायिका ब्रिटनीको संरक्षकत्वलाई टुंग्याउने फैसला सुनाएकी थिइन् । संरक्षकत्व टुंगिनुअघि ब्रिटनीका पिताले उनको व्यावसायिक, सामाजिक र आर्थिक निर्णय लिने गर्दथे । संरक्षकत्वबाट मुक्ति मिलेपछि ब्रिटनी पूर्ण रूपमा आफ्नो सम्पत्तिको आफैं मालिक बनेकी छन् ।
ब्रिटनी मानसिक पमा अस्वस्थ भएपछि सन् २००८ देखि पिता जेम्सले उनको संरक्षकत्वको जिम्मेवारी लिँदै आएका थिए । उनले पितामाथि मानसिक शोषण, घरमा बन्द गरेको, पैसा आफैंले राखेको र आफ्नो विवाह तथा सन्तान जन्माउन नदिएको जस्ता गम्भीर आरोप लगाएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार