लिस्टमै नपरेका सलमान खान फिल्ममा
नेपालबहस संवाददाता
फागुन १८, २०७८ बुधबार १९:४५:३४
१८ फागुन, काठमाडौं । करण जोहरले अधिकांश फिल्ममा शाहरूख खानसँग काम गरेका छन् । उनको करियर स्थापित गर्ने फिल्महरूमा शाहरूखसँगै काजोल पनि छिन् । कुछ कुछ होता है, कभी खुसी कभी गम, कभी अलविदा ना केहना, माइ नेम इज खान लगायतका फिल्मले करणलाई बलिउडमा स्थापित निर्देशक बनायो । करण र शाहरूखले एक अर्कालाई बलिउडमा स्थापित हुन सहयोग गरेको उजागर नै छ ।
यिनै करणले आफुलाई अप्ठ्यारो समयमा सलमान खानले सहयोग गरेको बताएका छन् । एक शोमा कुराकानीको क्रममा उनले आफ्नो फिल्म ‘कुछ कुछ होता है’ मा दोस्रो लिड क्यारेक्टरको लागि धेरैलाई अप्रोच गरेको सुनाए । ‘मैले शाहरूखपछिको रोलको लागि धेरै कलाकारलाई अप्रोच गरेँ । तर , कसैले पनि मेरो अफर स्वीकार गरेनन्,’ करणले भने । उनी आफ्नो भूमिकामा कसैले रुची नदेखाएपछि एक पार्टीमा उदाश हुँदै पुगेका थिए । त्यहाँ उनले सलमान खानलाई भेटे ।
‘मलाई सलमानले सपिङ सकिएको भए मलाई भोलि स्टोरी न्यारेट गर भने,’ स्मरण गर्दै करण भन्छन्, ‘सलमान मेरो लिस्टमा समेत थिएनन् । त्यसैले मैले उनलाई अप्रोच गरेको थिइँन् । तर, उनैले घरमा बोलाएपछि म पुगेँ र कथा सुनाएँ ।’
उनले कथा सुनाएपछि सलमानले राम्रो रहेको प्रतिक्रिया दिएको बताए । तर, करणलाई डर लाग्यो । ‘मलाइ लाग्यो, कतै शाहरूखको रोल त सलमानले मन पराएनन् । तर , उनले मलाई मेरो बुबाको लागि फिल्ममा केमियो गर्ने बताए,’ करणले सम्झिए ।
सलमानको प्रवेशले फिल्मलाई निकै फाइदा पुग्यो । फिल्ममा शाहरूख, काजोल, रानी मुकर्जीको चर्चा हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार