धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण
नेपालबहस संवाददाता
फागुन १८, २०७८ बुधबार २१:५७:४०
१८ फागुन, बाग्लुङ । बाग्लुङ नगरपालिकाले धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण गरेको छ । नगरपालिकाको १२ लाख २० हजार र धौलागिरि अस्पतालको दुई लाख रुपैयाँ गरी कुल १४ लाख २० हजार रुपैयाँ कर छुटसहित शवबहान खरिद गरी हस्तान्तरण गरेको हो । अस्पतालमा यसअघि शवबहान नहुँदा एम्बुलेन्सले शव बोक्दै आएको थियो ।
कोरोनाको संकटकालिन अवस्थामा बाग्लुङ नगरपालिकाले निजी सवारीसधान भाडामा लिएर अस्थायी शवबहानको रुपमा प्रयोग गर्न अस्पताललाई उपलब्ध गराएको थियो । जिल्लाका कुनै पनि स्थानीय तह र सरकारी अस्पतालमा शवबहान नभएपछि नगरपालिकाले खरिद गरेको बाग्लुङ नगरपालिकका प्रमुख जनकराज पौडेलले बताए ।
निजी सवारीसाधानले शव बोक्न नमान्ने र बाध्य भएर बोक्नु पर्ने भए बढी शुल्न लिने गरेको गुनासो बढेपछि नगरपालिकाले स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर शवबहान खरिद गरेको मेयर पौडेलको भनाइ छ । शवबहान सञ्चालन र व्यवस्थापनका लागि अस्पताललाई हस्तान्तरण गरेको हो ।
‘अब एम्बुलेन्सले शव बोक्नु पर्ने बाध्यता हटेको छ,’ अस्पतालका प्रमुख डा. सैलेन्द्र विक पोखरेलले भने, ‘सेवाग्राहीले महंगो भाडा तिरेर निजी सवारीको प्रयोग पनि गर्नुपर्ने छैन ।’ नगरपालिका र अस्पतालले संयुक्त कार्यविधि बनाएर शवबहान सञ्चालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार