पुँजीबजारमा इन्साइडर टे«डिङ रोक्न अर्थमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
फागुन १८, २०७८ बिहिबार ०:५८:५०
१८ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थमन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।
अध्यक्ष हमाल र सीईओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारका सुधारका लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिएका छन् । खुल्ला प्रतिस्पर्धाबाट छनोट भएर आएको नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न उनले निर्देशन दिए ।
उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजीबजारबाट आउने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए । पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उद्देश्यले दुवै निकायमा नयाँ नेतृत्व छनोट गरेको उनले प्रष्ट पारे ।
सो अवसरमा अर्थमन्त्री शर्माले पुँजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने वातावरण सिर्जना गर्नुपर्ने समेत बताए । “जनतामा भएको पैसा पुँजीबजारमा त आयो । अब यो पैसालाई पुँजी निर्माणमा लगाउन सक्नुप¥यो । ठूला परियोजनामा पुँजी लगानी गर्ने विषयमा तपाइँहरू (धितोबोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ”, उनले भने, “राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुँजी बजारको आवश्यकता हो ।”
उनले इन्साइडर टे«डिङ, पम्प एड डम्प र सर्कुलर कारोबारजस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजीबजारमा नदेखिने गरी काम गर्न समेत निर्देशन दिए । “म मन्त्रालयमा आउना साथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर टे«डिङजस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन । म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ”, उनले भने, “त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन ।”
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजीबजारलाई सकारात्मक बाटोमा डो¥याउने विश्वास लिइएको बताए । त्यस्तै राजश्व सचिव कृष्णहरि पुस्करले शेयरबजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताए ।
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर शेयर लगानीकर्तालाई सुसूचित गर्ने बताए । उनले साक्षरताकै अभावमा लगानीकर्ता हल्ला गर्ने वा हल्लाको पछि लाग्ने देखिएको बताए । त्यस्तै ठूलो ‘मार्केट मेकर’ को अभाव देखिएको उनको भनाई थियो । नेप्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार १४.१२ अंकले घटेर २७३४ अंकमा रोकियो नेप्से, कारोबार रकम भने ७ करोड बढ्यो
कात्तिक २८, २०८१ बुधबार
रकमसँगै ११ अंकले घट्यो नेप्से: १ करोड ६७ लाख ८७ हजार कित्ता शेयर किनबेच भए
कात्तिक २७, २०८१ मंगलबार
२२.१४ अंकले बढेर २७६० मा रोकियो नेप्सेः ११ अर्ब ३१ करोडको कारोबार, १४३ कम्पनीले कमाए
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
जुद्धशालिक इन्द्रचोक फुटपाथ विस्तारको कार्य अन्तर्गत बिजुलीको पोल र तार हटाउँदै [ फोटो फिचर ]
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
जुम्लामा निःशुल्क कान शिविर, दुई सय ५९ जना लाभान्वित
कात्तिक २९, २०८१ बिहिबार
जाडो छल्न आगन्तुक चरा चितवनमा
कात्तिक २९, २०८१ बिहिबार