मजदुरको क्रन्दन र रोदन सुन्ने यहाँ कुनै ईश्वरको अवतार हुनेवाला छैन !
यज्ञप्रसाद भट्टराई
फागुन २३, २०७८ सोमबार २३:२३:५७
♦यज्ञप्रसाद भट्टराई
भोकै लडन सक्छन् मजदुरहरु
केवल एउटा पटुकी थप्नु पर्छ ।
सडकमै मागेर गुजारा चलाउने पनि
प्रशस्तै भेटिन्छन् यहाँ
केवल एउटा बटुकी थप्नुपर्छ ।
श्रमको सम्मान गर्नुपर्छ भनेर नथाक्ने
सर्वहारा वर्गका महान नाईकेहरु नै
भोकै महिनौं श्रमिकलाई दलाउनु पर्छ भनेर
अड्डि कस्नु हुन्छ ।
बजारमा राखिएका हरेक वस्तुहरुमा
ओरिजिनलको ट्याग झुण्ड्याईएको हुन्छ ।
किनकी त्यहाँ नै सबैभन्दा बढी
डुब्लिकेट वस्तुहरुको खरिदबिक्री हुन्छ ।
महिनौं भोकै प्यासै श्रम गर्न बाध्य मजदुर भने,
तिनकै अगाडि खाली थाल लिएर
भातको भिख मागिरहेको हुन्छ ।
समयले कहिले कसैलाई माथि पुर्याउँछ
कहिले कसैलाई तल झार्छ, थाहा हुँदैन
तर पनि वर्तमानमा आफुले आफैलाई
सधैं महान हुँ भन्ने चाहि ठान्नु पर्छ ।
मेरो नैतिकताले श्रमिकको
श्रमको अबमुल्यनको भारी नबोक भन्छ ।
श्रमिकका बालबच्चा पनि छन् तिनका
बालबच्चाको पेटमा लात हानेर
मजदुरको ज्याला नरोक भन्छ ।
नीतिले भोकमरी जन्माउने अवस्था
सृजना हुन थालेपछि
त्यही नीति पुरा गराउने
थोत्रो आडम्बरको झोला नबोक भन्छ ।
म एक श्रमजीवी मजदुर
मेरो आफ्नै कथा छ, ब्यथा छ ।
तर पनि पेटमा पटुकी कसेर बाँच्न बाध्य छु ।
मन र मुटु रुवाएर बाहिर हाँस्न बाध्य छु ।
बोल्ने र खाने एउटै मुख भएपछि
दुवै कुरा गुमाएर टेप टाँस्न बाध्य छु ।
उठ, मजदुर र श्रमिक जन
अब तिम्रा क्रन्दन र रोदन सुन्ने
यहाँ कुनै ईश्वरको अवतार हुनेवाला छैन ।
तिम्रा आर्तनादहरु यहाँका
भ्रष्मासुरहरुले सुन्नेवाला छैनन् ।
बर्तन सकिएपछि सलेदोको कुनै अर्थ नरहे झैं
पाखुरामा बल सकिएपछि तिम्रो प्रति
सदासयता देखाउन सक्ने
यन्त्रमानव पैदा हुनेवाला छैन ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार