वैष्णव परिषद नेपालको महाधिवेशन चैतमा
नेपालबहस संवाददाता
फागुन २२, २०७८ सोमबार ०:५०:१४
♦घनश्याम सिग्देल
२२ फागुन, काठमाडौं । निम्वार्क वैष्णव परिषद नेपालको पाँचौ महाधिवेशन आगामी चैतमा हुने भएको छ । स्याङ्जा जिल्लाको केलादीघाटस्थित राधा दामोदर मन्दिरमा आगामी चैत ६, ७ र ८ गते वैष्णव परिषदको पाँचौ महाधिवेशन हुने आयोजक समितिले जनाएको छ ।
महाधिवेशनको मूल उद्देश्य निम्वार्क वैष्णव सम्प्रदायका अनुयायी एवं साधकहरुलाई नेपालमा युग अनुकूल संगठित गर्नु, वैदिक सनातन धर्मका विभिन्न शाखा एवं सम्प्रदायसँग सामञ्जस्यता कायम गरी “सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय” को भाव पुनर्जागृत गराउनु रहेको छ । यसैगरी वैष्णव भक्तिसाधना र भेदाभेद दर्शनको पृष्ठभूमिमा धार्मिक, सांस्कृतिक र आध्यात्मिक जागरण ल्याउनु रहेको छ ।
महाधिवेशनले वैदिक सनातन धर्म संस्कार किंवा संस्कृतिप्रति निष्ठवान, परोपकारशील, जनहितप्रति प्रेरित र समर्पित समाज निर्माणका लागि शान्ति, भक्तिसाधना, भ्रातृत्व अभिवृद्धि गर्नु, अहिंसा धर्म संस्कृतिको विकास, निम्वार्क वैष्णव भक्तिसाधना तथा भेदाभेद दर्शनको संरक्षण र संवद्र्धनमा सहयोग पुरयाउने रहेको छ ।
वैष्णव भूषण गोलोकबासी श्रीभगवच्छरण देवाचार्य महाराजले सर्वप्रथम श्रीकृष्ण गण्डकीको तट केलादीघाटमा नेपालमा वैष्णव अहिंसा धर्मको प्रचारप्रसार गरेका थिए । यसै स्थानलाई वैदिक सनातन निम्वार्क वैष्णव सम्प्रदाय किंवा वैदिक सनातन धर्म अनुयायीहरुको आस्था, विश्वास र भरोसाको प्रमुख केन्द्र मानिएको छ ।
महाधिवेशनले निम्वार्क वैष्णव परिषद नेपालका लागि संस्थागत नीति तथा कार्यक्रम पारित गर्नेछ । महधिवेशनले यस सम्प्रदायलाई जनजनमा पुरयाई वैष्णव समाजमा युवा तथा नारी जागरण ल्याउन संस्थाको विधान अनुसार मातृशक्ति परिषद् तथा युवाशक्ति केन्द्रीय समिति गठन गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार