हिमालयन रिइन्स्योरेन्सको कस्तो छ वित्तीय अवस्था ?
नेपालबहस संवाददाता
फागुन २३, २०७८ सोमबार १७:२४:४
२३ फागुन, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिाक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको मुनाफा गत वर्षको सोही अवधिको तुलनामा उच्च दरले बक छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ करोड ८६ लाख मुनाफा गरेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा कम्पनीले १२ करोड ४७ लाखभन्दा बढी मुनाफा गरेको छ । जुन मुनाफा गत वर्षको तुलनामा १६१ दशमलव ७२ प्रतिशत धेरै हो ।
पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको आम्दानी १५७ दशमलव ७८ प्रतिशत र खर्च १५१ दशमलव ८३ प्रतिशत बढेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले २० करोड ४३ लाखभन्दा बढी आम्दानी गरेको हो भने रू। ७ करोड ९५ लाखभन्दा बढी खर्च गरेको हो ।
नेपालमा दोस्रो पुनर्बीमा कम्पनीको रुपमा भित्रिएको यस कम्पनीले दोस्रो त्रैमाससम्म रू। ३० करोड ५५ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । पहिलो त्रैमाससम्म कम्पनीले ८ करोड ८ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो ।
दोस्रो त्रैमाससम्म कम्पनीले २७८ दशमलव १७ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ७ अर्ब रहको छ भने जगेडा कोष रकम १२ करोड ८९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीको बीमाकोषमा ४८ लाखभन्दा बढी रकम रहेको छ भने महाविपत्ती कोषमा ४ लाख भन्दाबढी रकम सञ्चित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार