एनआरएनएमा एकपक्षीय ढंगले निर्वाचन कार्यक्रम अगाडि बढाइयो
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार १८:६:१२
२४ फागुन, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)मा डेलिगेट्स विवाद समाधान नगरिकनै अध्यक्ष कुमार पन्तको दबाबमा निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ। संघको अन्तर्राष्ट्रिय समिति (आइसीसी) का लागि सोमबार र मंगलबार नोमिनेसन गर्ने मिति तोकिएको छ।
उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष पन्तले पठाएको ३६ सय बढी प्रतिनिधिको नाम प्रकाशित गरेर निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएको हो।
उच्चस्तरीय समितिका संयोजक तथा संघका प्रमुख संरक्षक शेष घलेले निर्वाचन समितिलाई एक पत्र पठाउँदै दाबी विरोध गरेका थिए। उनले पन्तसमेत रहेको समितिले गरेको छानबिनको आधारमा झन्डै २६ सय प्रतिनिधि मात्रै मतदान गर्न योग्य रहेको निर्वाचन समितिलाई जानकारी गराएका थिए। तर पन्तको ठाडो दबाबमा निर्वाचन समितिले घलेले पठाएको सूचीबारे सुनुवाइ नै गरेन।
सेल्फी अनिवार्य गर्ने, विधानमै नभएको वैकल्पिक मतदाताले पनि भोट हाल्न पाउने जस्ता प्रावधान राखेर समितिले गराउन लागेको निर्वाचन संघभित्रको भ्रष्ट गिरोहलाई निर्वाचित गर्ने षड्यन्त्र मात्र भएको एनआरएन अभियन्ताहरूले जनाएका छन्। त्यही भ्रष्ट गिरोहको ‘डमी उम्मेदवार’ को रूपमा आफूलाई ‘डेमोक्र्याट’ दावी गर्ने रविना थापाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएकी छिन्। तर एनसीसी अमेरिकाले अहिले सम्म केन्द्रलाई सदस्यता शुल्क नबुझाएकाले उनको उम्मेदवारी रद्द हुने बताइएको छ।
यसैबीच संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदमा गत वर्ष नै उम्मेदवारी घोषणा गरेका कुल आचार्यले एकपक्षीय रुपमा नोमिनेसन गराएर निर्वाचन कार्यक्रम अगाडि बढाउनुको कुनै अर्थ नभएको बताएका छन् । ‘यस्तो कदमले संस्थालाई विभाजन तर्फ धकेल्ने निश्चित छ। हामी हदैसम्म लचक हुँदा पनि हाम्रो सदासयलाई कमजोरीको रुपमा हेर्ने गल्ती नगरियोस्,’ आचार्यले भने।
आइएलओ घोटाला, प्रतिनिधि सूचीमा एकलौटी गरेका कारण परराष्ट्र र अदालतसम्म पुगेको विवादका बीच कुमार पन्त नेतृत्वको कार्य समितिले एकलौटी चुनाव गराउन लागेको हो। तर आइतबार भेला भएका ७० प्रतिशत भन्दा बढी एनसीसी अध्यक्षहरुले नाम मात्रको एकपक्षीय चुनावले समस्याको समाधान नहुने भन्दै डेलिगेट्स विवाद समाधान गरेर मात्रै निर्वाचन गराउन आह्वान गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार