मध्यरातमा गाडी रोकी तोडफोड गर्ने तीन पक्राउ
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार १८:६:५३
२४ फागुन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरूलाई दमौली बजारबाट सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ । आइतबार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१क २६६३ नंको मिनीट्रकलाई सोही दिशाबाट मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापा कुटपिट गरेका थिए ।
उनीहरुले उक्त ट्रकमा ढुङ्गासमेत प्रहार गरी सिसा, हेडलाइड फुटाएका थिए । घटनालगत्तै फरार उनीहरूलाई प्रहरीले खोजतलास गर्दै जाँदा लु७२प १३०६ नंको स्कुटर र प्र०२–००–०००३प १८९१ नंको मोटरसाइकलसहित पक्राउ गरेको बताएको छ ।
आगलागीको क्षतिको विवरण सङ्कलन गर्न समिति गठन
व्यास–४ स्थित मुख्यचोकमा आइतबार भएको आगलागीबाट क्षति भएको विवरण सङ्कलनका लागि व्यास नगरपालिकाले समिति गठन गरेको छ । आगलागीबाट हार्डवेयरको गोदाम र व्यक्तिको घरमा भएको क्षतिको विवरण सङ्कलनका लागि नगरपालिकाले तीन सदस्यीय समिति गठन गरेको हो ।
नगरपालिकाका घरनक्शा शाखाका प्रमुख इञ्जीनियर अमृत केसीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ र उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सचिव माधव न्यौपाने सदस्य रहेको समिति गठन गरिएको छ । गोदाम, व्यक्तिका घरलगायतमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गरी यही फागुन २६ गतेभित्र पेश गर्न समयावधि तोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्स, क्या बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दीपक श्रेष्ठको घरमा क्षति पुगेको छ । बिहान १० बजेदेखि सुरु भएको आगलागी दिउँसो २ बजे नियन्त्रणमा आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार