नदी तथा खोलाबाट जलचरप्राणी लोपहुँदै
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार २३:१०:१४
२५ फागुन, गलेश्वर । वर्षेनि आउने बाढीपहिरो र अनियन्त्रित रुपमा जथाभावि भइरहेको नदी दोहनका कारण जिल्लाका नदी तथा खोलाबाट जलचरप्राणी लोपहुँदै जान थालेका छन् भने जैविक विविधतामासमेत ह्रास आउँदै गइरहेको छ ।
प्राकृतिक र मानवीय कारणले जलसम्पदा नासिँदै र प्रदूषित हुँदै जानथालेपछि जलचर प्राणीको अस्तित्व नै खतरामा परेको पाइएको छ । म्याग्दी नदीबाट असला माछा, चेपागाँडा, भुरा, गङगटो आदि हराउँदै गएका छन् । जथाभावी भइरहेको नदी दोहन, फोहरमैला विर्सजन तथा बाढीपहिरोका कारण कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गा नदीबाट जलचर प्राणी नासिनुका साथै यस क्षेत्रको जैविक विविधता खल्बलिँदै गएको वातावरण संरक्षणकर्मीले बताएका छन् ।
विगत पाँच वर्षदेखि यी जलाधार क्षेत्रमा गएको बाढीपहिरा र अत्यधिक मात्रामा भएको नदीे दोहनका कारण यी नदीमा रहेका जलचर लोपहुँदै गएको उनीहरुको भनाइ रहेको छ । भगवान विष्णुको प्रतिक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको वासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रदेखि सदरमुकाम बेनीसम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माणाधीन जलविद्युत् अयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भई वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व सङ्कटमा परेको सरोकारवालाले बताएका छन् ।
नारच्याङ जलचर र जङ्गली जनाबरको वासस्थानका लागि अत्यन्त अनुकूल स्थान भएको ठाउँ भनेर चिनिन्छ । पछिल्लो समय यहाँका नदी तथा खोलाबाट विद्युत् आयोजना निर्माण गर्ने होडबाजी नै चलेकोले यहाँका जलचर सङ्कटमा परेका नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण इकाईमा कार्यरत शिव पुर्जाले बताए ।
नारच्याङमा १५७ मेगावाटका ५ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन अवस्थामा रहेका ती जलविद्युत् आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी तथा खोला नै हुन् ।
त्यसैगरी बाढीपहिरो र नदीजन्य वस्तुको अप्राकृतिक उत्खनन पनि जलचर नासिनुका मुख्य कारण रहेका वातावरण संरक्षणकर्मीले बताएका छन् । म्याग्दी नदी, कालीगण्डकी र रघुगङ्गा क्षेत्रमा गएका पहिरो र पहिरोसँगै विभिन्न स्थानबाट आएको बाढीले नदीको जलचक्र प्रणाली नै खल्वलाई दिएकोले जलचरको वासस्थान नाश हुँदा उनीहरु लोप हुने अवस्थामा पुगेका वातावरण संरक्षणकर्मी चन्द्रमणिा सापकोटाले बताए।
उहाँका अनुसार नदीमा आउने बाढीले नदीलाई धमिल्याइदिएर आहाराको अभाव गराइ दिने मात्र होइन त्यसले जलचरको अनुकुलन अवस्थालाई पनि क्षति पु¥याइदिने भएकोले त्यस ठाउँमा रहनसक्ने अवस्था नभएपछि जलचर तलतिर सर्दै जान्छन् । मानवीय अतिक्रमण र प्राकृतिक सम्पदाको दोहन पनि जलचर प्राणी नासिँदै जानुको अर्को कारण हो । म्याग्दीका तीनवटै जलाधार क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी बढेर गएको छ । नदीमा डोजर र स्काभेटरजस्ता भारी साधन प्रयोग गरेर जथाभावी नदीजन्य वस्तु निकाल्दा त्यसको असर जलचर प्राणीमा पनि परेको र उनीहरु नासिँदै गएका वातावरण संरक्षणकर्मीको भनाइ रहेको छ ।
त्यसैगरी बजार तथा ग्रामीण क्षेत्रको फोहर विर्सजन गर्ने ठाउँ नदी तथा खोला नै बन्ने गरेका छन् । नदीमा फोहर विर्सजन गर्दा रासायनिक तत्वको प्रभावले जलचर प्राणीको अस्तित्व जोखिममा परेको वातावरणविद्को भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार