मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती
नेपालबहस संवाददाता
फागुन २६, २०७८ बिहिबार १७:३९:७
२६ फागुन, गलकोट । पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ । अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ ।
बुधबार मात्रै एक जना सुब्बा थपिएको छ । कार्यालय प्रमुख दिलबहादुर केसी यही फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो । तेह« कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले दुई सुब्बा, तीन कार्यालय सहयोगी र दुई कम्युटर अपरेटरका भरमा कार्यालय सञ्चालन गर्नुपरेको नायब सुब्बा कासीराम खड्काले बताए ।
उनले अहिले एक नायब सुब्बा आएपछि केही सहज भएको बताए । उनले केही समय आफू एक्लै काम गर्दा प्रभावकारी सेवा प्रदान गर्न समस्या भएको बताए । हाल कार्यरत दुई कम्प्युटर अपरेटर कराका हुन् । स्थायी कर्मचारी भने छैनन् । तीन कार्यालय सहयोगीमध्ये एक मात्रै स्थायी हुन् । कार्यालयमा एक अधिकृत, तीन खरिदार, तीन नासु र एक लेखा अधिकृतको पद खाली रहेको उनको भनाइ छ ।
मालपोत कार्यालयमा दैनिक २०/२५ जनासम्म सेवाग्राही आउने गर्छन् । गाउँगाउँबाट आएका नागरिक समयमा काम नसकिएर तीन चार दिनसम्म बजारमा बस्नुपर्ने बाध्यता रहेको खड्काले बताए । उनले कर्मचारी नहुँदा यो अवस्था सिर्जना भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार