आन्दोलनरत विद्यार्थीलाई पढाइमा फर्कन नोबेलको आग्रह
नेपालबहस संवाददाता
फागुन २६, २०७८ बिहिबार १९:३:२३
२६ फागुन, काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजले आन्दोलनरत विद्यार्थीलाई पढाइमा फर्कन आग्रह गरेको छ । एमबिबिएस प्रथम वर्षमा पढाइबाट वञ्चित भएका सबै विद्यार्थीलाई पढाइमा सहभागी हुन नोबेल मेडिकल कलेजले आग्रह गरेको हो ।
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालका प्रा.डा.रामहरि घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै पढाइमा सहभागी हुन आग्रह गरेका हुन् । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट नलिएको उल्लेख गर्दै कलेजले कुनै पनि विद्यार्थीप्रति पूर्वाग्रह नराखेको विज्ञप्तिमा उल्लेख छ ।
एमबिबिएस १५औँ ब्याचमा भर्ना भएका ११० विद्यार्थीमध्ये १० जना अझै असुरक्षा भएको भन्दै पढाइमा सहभागी भएका छैनन् ।
उनीहरु अहिले पनि अन्दोलनरत छन् । १५औँ ब्याचको भर्ना प्रक्रिया पूरा गरेर एमबिबिएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीले कलेजबारे कपोलकल्पित र भ्रामक कुरा उल्लेख गरी सञ्चारमाध्यमबाट अफवाह फैलाएको कलेजको आरोप छ ।
कलेजले आयोगले तोकेको शीर्षकहरूमा भन्दा कुनै बढी शुल्क नलिएको प्रा.डा. घिमिरेले बताएका छन् । नोबेल मेडिकल कलेज, आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयबीच ३० पुस ०७८ मा भएको लिखित सहमतिलाई अक्षरशः पालना गर्ने पनि कलेजले प्रतिबद्धता जनाएको छ ।
आयोग र सरकारले अतिरिक्त शुल्क कानुनविपरीत भएको भन्दै नलिन निर्देशन गरे पनि नोबेलले अटेर गर्दै आएको विद्यार्थीको आरोप छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले पनि नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क नहटाए कारवाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार