वित्त आयोगको मूल्याङ्कनमा स्याङ्जाको भीरकोट उत्कृष्ट, अर्जुनचौपारी कमजोर
नेपालबहस संवाददाता
फागुन २६, २०७८ बिहिबार २३:१०:१
♦ प्रकाश डोटेल
२६ फागुन, स्याङ्जा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा स्याङ्जाका ११ स्थानीय पालिकामध्ये भीरकोट नगरपालिकाले सबैभन्दा धेरै अंक प्राप्त गरी उत्कृष्ट भएको छ । वित्तीय समानीकरणको अनुदान सिफारिसका लागि आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा भीरकोट नगरपालिकाले ७२.४६ अंक प्राप्त गरी जिल्लामै उत्कृष्ट भएको हो ।
जिल्लामा सबैभन्दा कम अंक अर्जुनचौपारी गाउँपालिकाले प्राप्त गरको छ । उसले ४८.०६ अंक प्राप्त गरेको छ । जिल्लाका पाँच नगरपालिकामध्ये भीरकोटले सबैभन्दा बढी ७२.४६ र पुतलीबजारले सबैभन्दा कम ५८.९५ अंक प्राप्त गरेको छ, भने चापाकोटले ६५.५४, वालिङले ६४.५३ र गल्याङ नगरपालिकाले ६२.६४ अंक प्राप्त गरेका छन् ।
जिल्लामा रहेका छ गाउँपालिकामध्ये कालीगण्डकीले सबैभन्दा बढी ६५.०९ र अर्जुनचौपारीले ४८.०६ अंक प्राप्त गरेका छन्, भने फेदीखोलाले ६४.२५, आँधीखोलाले ६०.७०, हरिनासले ५५.६३ र बिरुवा गाउँपालिकाले ५१.९४ अंक प्राप्त गरेका छन् ।
जिल्लाका स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अंक प्रदान गरेको हो । कार्यसम्पादन मूल्याङ्कनका लागि स्थानीय तहका लागि १७ सूचक तय गरिएको आयोगले जनाएको छ ।
समयमै बजेट पेश गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुसमसान्तभित्र पेश गरे नगरेको विषयलाई आयोगले सुचांकमा समावेश गरिएको छ ।
आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आबको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवद्यिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति सख्या, बालबालिकाको सख्यालगायत शीर्षकमा सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिने गरेको छ ।
संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान नगरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्याङ्कन गरिएको आयोगलाई जनाएको छ । सोहि मूल्याङ्नका आधारमा आयोगले आगामी आबका लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम वितरणका लागि सरकारलाई सिफारिस गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार