सर्वोच्चमा श्रेष्ठ र उच्च अदालतमा कुँवर
नेपालबहस संवाददाता
फागुन २६, २०७८ शुक्रबार ३:३४:३३
२६ फागुन, काठमाडौं । न्यायपरिषदले उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
बिहीबार बसेको न्यायपरिषदको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । श्रेष्ठको नाम संसदीय सुनुवाइबाट अनुमोदन हुनुपर्छ भने कुँवरलाई अब कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन् ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा तिलप्रसाद श्रेष्ठ २०८३ भदौ १३ गतेसम्म सर्वोच्च अदालतको न्यायाधीश हुनेछन् । सर्वोच्च अदालतमा एक जना न्यायाधीशको पद खाली थियो । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुने व्यवस्था छ ।
यता, पाँच सदस्यीय न्यायपरिषदमा सर्वोच्च अदालतको न्यायाधीश सिफासिरमा एकमत नभएको बताइएको छ । लगातार विभागबाट मात्रै सर्वोच्चमा न्यायाधीश सिफरिस गएिको भन्दै बाहिरबाट गएका न्यायपरिषद सदस्यसहित कानूनमन्त्री समेत सन्तुष्ट नभएको स्रोतको भनाई छ ।
उनीहरुले सर्वोच्चको न्यायाधीशमा बाहिरका वरिष्ठ कानून व्यावसायीहरुबाट ल्याउनुपर्ने धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार