आयोगले स्थानीय तह निर्वाचनबारे दलहरुसँग छलफल गर्दै
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १३:१८:१५
२७ फागुन काठमाडौं । स्थानीय तहको चुनावका विषयमा आज निर्वाचन आयोगले दलहरुसँग छलफल गर्ने भएको छ । बिहान साढे ११ बजे आयोगकै कार्यालयमा दलहरुसँग छलफल गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
छलफलमा सङ्घ, प्रदेश र पालिकामा अहिले प्रतिनिधित्व गरिरहेका १७ वटा दललाई बोलाइएको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको एक महिना भइसकेको र यो समयमा आयोगले गरेका कामबारे दलहरुलाई जानकारी दिइने प्रवक्ता शर्माले बताए ।
निर्वाचन आयोगसँग दलहरुका अपेक्षा र दलहरुसँग निर्वाचन आयोगका अपेक्षाबारे पनि छलफल हुनेछ । यस्तै निर्वाचन आयोगले मतदाता र मतगणनाको लागि सजिलो बनाउन मतपत्रमा हुने चुनाव चिह्नको रङ्ग हरियो बनाउने निर्णयमाथि भएका बहसको विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।
स्थानीय तहको चुनाव आउँदो वैसाख ३० गते हुँदैछ । स्थानीय तहको चुनाव प्रयोजनको लागि आयोगमा ८० वटा दल दर्ता भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार