आगामी वर्ष ५२ शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १४:४७:३०
२७ फागुन, काठमाडौं । सरकारले आगामी वर्ष शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार आगामी वर्षभरिमा विभिन्न चाडपर्वका लागि २० दिन, महिला कर्मचारीका लागि दुई दिन, शिक्षण संस्थाका लागि एक दिन बिदा दिइने छ ।
काठमाडौँ उपत्यकाका लागि चार दिन, दशैँ बिदा छ दिन, तिहार बिदा पाँच दिन र सबैले पाउने दिवस बिदा पाँच दिन परेका छन् । त्यसैगरी, अपाङ्गता भएका व्यक्तिका लागि एक दिन र विभिन्न जन्मजयन्तीका लागि तीन दिन बिदा दिइएको छ ।
मन्त्रालयका अनुसार आगामी वर्ष २०७९ मा सार्वजनिक र शनिबार गरी जम्मा ९५ दिन बिदा हुनेछ । आगामी वर्ष सार्वजनिक बिदाबाहेक ५२ वटा शनिबार परेका छन् ।
नेपाल सरकारले तोकेका सार्वजनिक बिदाबाहेक विभिन्न प्रदेश सरकारले प्रदेशको धर्म, संस्कृतिअनुसार बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सङ्घीय कार्यालयमा समेत सार्वजनिक बिदा गरिनेछ ।
आगामी वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय भएको हो । शनिबारकै दिन परेकाले दिवस रपर्वलाई पनि छुट्टै बिदामा जोडिएको छैन ।
यता, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार भएकोे जनाएको छ । विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर बजारमा ल्याउन अनुमति दिएको छ ।
२०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । यसैगरी, भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्र श्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।
समितिले तयार पारेको पात्रो अनुसार कात्तिक १० गते भाइटीका परेको छ । कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा परेको छ ।
समितिका अनुसार २०७८ सालमा विवाहका ५६ वटा लगन जुरेको छन् । त्यस्तै, आगामी वर्ष व्रतबन्धको लगन पनि धेरै रहेका छन् ।
समितिले बजारमा प्रकाशित भएका नक्कली पात्रोहरुले भ्रम छर्ने काम गरेको भन्दै त्यसमा लेखिएका तिथि र पर्वलाई आधिकारिक नमान्न आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार