गुल्मीको मदानेका ११ सय नागरिकलाई सुरक्षित आवास प्रदान
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १६:४१:२
Shares
२७ फागुन, गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका करिब एक हजार १०० नागरिकले सुरक्षित आवास पाएका छन् । खरका छाना मुक्त गरेर, एकीकृत वस्ती निर्माण, जनता आवास र भुकम्पपछिको पुर्निर्माण गरेर एक हजार ५४ परिवारले सुरक्षित आवास पाएका छन् ।
पालिका भित्रका सवै घरमा खरका छाना मुक्त गर्ने मदाने गाउँपालिकाका जनप्रतिनिधीले २० असार २०७४ मा पद बहाली हुँदा गरेको पहिलो निर्णय हो । सो अभियानले सार्थकता पाएको छ । दुई करोड ८४ लाख ३७ हजार ४२० रुपैयाको लागतमा सात वडाका कुल ७२९ घर खरका छानामुक्त भएका छन् । पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नं। २ का सांसद गोकर्ण बिष्टले गाउँपालिकालाई खरका छाना मुक्त घोषणा गरेका छन् ।
गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्दै बिष्टले पानी र आगोबाट मुक्ति पाएका नागरिकको ओठको मुस्कान र आशिर्वाद नै आफूहरूको सन्तुष्टिको विषय भएकाले आधारभूत आवश्यकता परिपूर्ति गर्न तीनवटै सरकारले ध्यान दिएको बताए ।
मदाने गाउँपालिका-१ मा १४१ जनाले जस्तापाता प्राप्त गरेका छन् । वडा नम्बर २ मा १८० घर, वडा नम्बर ३ मा १४५ घर, वडा नम्बर ४ मा ३२ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए । त्यस्तै गाउँपालिकाको वडा नम्बर ५ मा १०७ घर, वडा नम्बर ६ मा ५२ घर र वडा नम्बर ७ मा ७० जना गरेर कुल ७२९ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।
लुम्बिनी प्रदेशमा पूर्व सांसद दिनेश पन्थीले कम श्रोत र साधनकाबीच आवास, स्वास्थ्य, शिक्षा, सडक, कृषि उद्यम, पर्यटन र खानेपानीको क्षेत्रमा कामको प्रशंसा गरे । उनले सीमित श्रोत साधन र नागरिकका असीमित आशाका कारण निराशा पनि बढ्नु स्वभाविक भएको बताए । मदाने गाउँपालिकाका प्रमुख दानबहादुर केसीले संघीयताको पहिलो कार्यान्वयन, भौगोलिक जटिलता र पूर्वाधार आशा, जनशक्ति व्यवस्थापन र कानुन निर्माणको चुनौतीका बीच गाउँपालिकालाई खरका छानामुक्त गर्न सकिएकोमा खुशी व्यक्त गरे ।
उनले स्थानीय तह एक औद्योगिक ग्राम स्थापना कार्यक्रमअन्तर्गत मदाने २ र ४ मा औद्योगिक ग्राम स्थापना, भनभने बडाचौर बृहत सिँचाइ आयोजना निर्माण, कङ्के देउराली पर्यटन पूर्वाधार विकास योजना कार्यान्वयन, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, बाख्रा विकास कार्यक्रम, खानेपानी, सडक, शिक्षा र स्वास्थमा महत्त्वपूर्ण काम गरिएको केसीले बताए ।
मदाने गाउँपालिका उपप्रमुख सरिता खड्काका अनुसार विपन्न परिवारहरुको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने क्रममा गाउँपालिकाभित्र ७२९ घरमा खरका छाना विस्थापन गरिएको छ । भूकम्प र पहिरोका कारण विस्थापित ४७ घर परिवारको लागि एकीकृत वस्ती निर्माण गरिएको छ । त्यस्तै भूकम्प पश्चात पुनर्निर्माण भएका निजी आवासको घरधुरी संख्या १४१ रहेको खड्काले बताइन् । सुरक्षित नागरिक आवासअन्तर्गत निर्माण गरिएका घरधुरी १२८, जनता आवास कार्यक्रमअन्तर्गत सात घर निर्माण गरिएको छ ।
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार