कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा संस्थापनबाट दुई र इतरबाट एक जना भिड्दै
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १७:४८:३६
२७ फागुन, सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट जिल्ला अधिवेशन सुरु भएको हो । सिन्धुपाल्चोकको चौतारामा जारी अधिवेशन अन्तर्गत भोलि फागुन २८ गते नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम रहेको कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।
निर्वाचन अधिकृत देव बहादुर महतका अनुसार अधिवेशन अन्तर्गतको निर्वाचनका लागि कार्यक्रम तालिका र मतदाता नामावली सार्वजनिक भइसकेको छ । जिल्ला सदरमुकाम चौतारास्थित कांग्रेस पार्टी कार्यालयमा शुक्रवार मनोनयन दर्ताका कार्यक्रम रहेको छ । शुक्रबार दिउँसोबाट मनोनयन दर्ता सुरु हुने निर्वाचन अधिकृत महतले बताए ।
उनका अनुसार शुक्रबार दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम संचादन गर्ने कार्यतालिका रहेको उनको भनाई छ । ४ः१५ मा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिने र ५ः४५ बजेसम्म उम्मेदवारी माथि दावी विरोधको समय रहेको छ । साँझ ६ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
अधिवेशन अन्तर्गत मतदानको कार्यक्रम भने शनिवार हुनेछ । बिहान ८ बजेबाट मतदान सुरु हुने र अपरान्ह ३ः३० बजेसम्म चल्ने उनले बताए । अपरान्ह ४ः१५ बजेबाट मतगणना हुने उनको भनाई छ ।
जिल्ला नेतृत्वका लागि ३ जना चुनावी दौडमा रहेका छन् । नेतृत्व हत्याउने दाउमा वंशलाल तामाङ, डा. प्रेमध्वज लामा र जंगबहादुर लामा निर्वाचनमा होमीएका छन् । तामाङ संस्थापन इतर पक्षका हुन् भने अन्य दुई उम्मेदवार प्रेमध्वज लामा र जंगबहादुर लामा संस्थापन पक्षका मानिन्छन् ।
तामाङ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका निर्वाचित अध्यक्ष हुन् भने प्रेमध्वज लामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक थिए । सिन्धुपाल्चोक काँग्रेसमा यसअघि संस्थापन इतर पक्षको पकडको भएको जिल्ला हो । तर, क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संख्याका आधारमा भने जिल्लामा संस्थापन पक्षले बलियो देखिन्छ ।
संस्थापन इतरका सभापतिका लागि चुनावी माहोलमा होमिएका तामाङ गाउँपालिका महासंघका महासचिवसमेत हुन् । उनलाई जिल्ला सभापति विकास लामा र सचिव बिलबहादुर तामाङले पनि सहयोग गरेको बुझिएको छ । यता जिल्लाको क्षेत्र नम्बर १ मा एकछत्र राज गर्दै मोहन बहादुर बस्नेतले पनि सभापति पदमा आफ्नो निर्णायक भूमिका खेल्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार