चुनावी कार्यक्रमबारे छलफल गर्न आजै डाकियो ७७ वटै जिल्ला कार्यसमितिको बैठक
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार १९:२४:५८
२७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्ला कार्यसमितिको बैठक डाकेको छ । कांग्रेस केन्द्रीय कार्यलयकाअनु्सार केही जिल्लामा बैठक सुरु भएको र केहिमा तयारी भइरहेको छ ।
कांग्रेसले चुनावी प्रचार अभियान सम्पन्न गर्न ७७ वटै जिल्लामा कार्यसमितिको बैठक शुक्रबारका लागि बोलाइएको हो । पार्टी र भ्रातृ संस्थालाई व्यापक रुपमा परिचालन तथा केन्द्रको निर्णय कार्यान्वयन गर्नका लागि सबै जिल्ला कार्यसमितिले बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा प्रचार अभियानमा संगठन सुदृढीकरण, जनताको गुनासो सुन्ने र कांग्रेसले गरेका सुधारका कार्य सुनाउने अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । भेला, प्रशिक्षण, सम्मानलगायत कार्यक्रम पनि अभियानमा समेटिएकाले यसमा पनि छलफल हुने बताइएको छ ।
२९ गते आइतबारदेखि एक महिनासम्म कांग्रेसले स्थानीय चुनाव केन्द्रित प्रचार अभियान गर्दैछ । ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा कांग्रेसले ७७ केन्द्रीय नेतालाई सबै जिल्लामा खटाएको छ । पार्टी निर्णय अनुसार अधिकांश नेताहरू तोकिएको जिल्लामा पुगेको पौडेलले बताए ।
केन्द्रबाट पठाइएका नेताको सहभागितामा जिल्ला कार्य समितिको बैठक बस्ने भएको हो । केन्द्रले बनाएको कार्यक्रमलाई प्रभावित नहुने गरी जिल्ला र प्रदेशले थप कार्यक्रम गर्नसक्ने कार्यदेश समेत मातहतका संरचनालाई दिइएको छ ।
कार्यकर्तालाई भूमिका दिएर प्रचारमा खटाउने कांग्रेसले नीति लिएको छ । पदीय जिम्मेवारी पाएर पनि भूमिका नभएको भन्दै असन्तुष्टि बढेपछि कांग्रेसले उक्त निर्णय लिएको पौडेलको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार