यु–१८ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज भारत जाँदै
नेपालबहस संवाददाता
फागुन २८, २०७८ शनिबार १२:४३:६
२८ फागुन काठमाडौं । भारतमा आयोजना हुन लागेको साफ यु–१८ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज भारत जाँदैछ । नेपाली टोलीकी कप्तान प्रीति राईले आफूहरू उपाधि उचाल्ने लक्ष्यसहित भारतमा जान लागेको बताएकी छन् ।
शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फाले गरेको बिदाइ कार्यक्रममा कप्तान राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताएकी हुन् ।
नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताइन् ।
लगातार दुई संस्करणको उपाधि विजेता बंगलादेश र पछिल्लो संस्करणको उपविजेता आयोजक भारतसँग खेल्ने नेपाली टोलीले करिब एक महिनाको प्रशिक्षण अनुभव लिएर प्रतियोगितामा सहभागिता जनाउँदै छ। महिला टोलीलाई अनुभव दिलाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताए ।
सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बञ्चित भएको थियो। तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारतसहित नेपाल र बंगलादेशले भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म प्रतिस्पर्धा गर्दैछन् ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ। नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । यस्तै‚ मार्च २१ मा फेरि भारतसँग खेल्दो मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ। शीर्ष टोलीले उपाधि जित्नेछ।
यही प्रतियोगिताका लागि मुख्य प्रशिक्षका दर्शनभक्त राजलावटले बिहीबार २३ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार