कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया
नेपालबहस संवाददाता
फागुन २९, २०७८ आइतबार २३:३९:५६
२९ फागुन, काठमाडौं । कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया बीमा समितिको आयोजनामा आज सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिदै बीमाको पहुँच विस्तारका लागि बीमा शिक्षाको प्रचार प्रसारमा
जोड दिनुपर्ने बताए ।
मुख्यमन्त्री शाहीले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी समयमा नदिँदा बीमितहरू महिनौंसम्म कम्पनीहरूमा धाउनुपर्ने र बीमाको रकमभन्दा बढी खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुँदै बीमा दाबी भुक्तानीमा सुधार गर्न आग्रह गरे ।
कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले कर्णाली प्रदेशको वस्तुस्थितिलाई ध्यानमा राखेर बीमालेख तयार गर्न बीमा समितिलाई आग्रह गर्नुहुँदै प्रदेश कार्यालयमा बीमा इकाई स्थापना गर्ने जानकारी दिए ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशका सिमान्तकृत समुदायका लागि प्रदेश सरकारबाट नै बीमा गरिदिने व्यवस्था गर्न र आर्थिकरूपले सबल समुदायका लागि भने
सार्वजनिक सेवासँग आवद्ध गरेर बीमाको दायरामा ल्याउन आग्रह गरे । अध्यक्ष सिलवालले प्रदेश बीमा नीतिको तर्जूमा, बीमा शिक्षा लगायतका विषयमा प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न समिति तत्पर रहेको बताए । साथै, उनले बीमाको दाबी भुक्तानी विना ढिलाई सरलरूपले बीमा कम्पनीका शाखा कार्यालयहरूबाट नै दिने व्यवस्था मिलाउन पहल भइरहेको जानकारी दिए।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संचालन गर्नुभएको कार्यक्रममा समितिका निर्देशक दिनेश कुमार लालले बीमा समितिको काम, कर्तव्य र अधिकार, बीमाका प्रकार, बीमाको महत्व, बीमा सूचकाङ्क, बीमा क्षेत्रमा विद्यमान चुनौती र बीमाको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका लगायतका विषयमा जानकारीमूलक प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले बीमा दाबी भुक्तानीको प्रक्रिया लामो एवम् झन्झटिलो रहेको, जोखिम बढी भएका क्षेत्रमा बीमा कम्पनीहरू बीमा गर्न अनिच्छुक देखिएको, कृषकहरूले बीमा गर्न चाहँदा चाहँदै पनि बीमा गर्न नपाएको लगायतका गुनासो गरे ।
साथै उहाँहरूले बीमा कम्पनीहरूले बीमाको दाबी भुक्तानी रकम सिधै बीमितको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गर्न र बीमा समितिबाट प्रकाशित कृषि बीमा चिनारीमा सबै बीमा अभिकर्ताको
नाम र सम्पर्क नम्बर समावेश गर्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार