हंगेरीकी एक युवती विमानसँगको प्रेम चक्करमा
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २०:३४:३७
३० फागुन, बुढापेस्ट । हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् ।
सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले विमानलाई के पो गर्दिनन् रु चुम्बन गर्छिन । हरेक दिन शुभ रात्री र शुभ बिहानीको कामना गर्छिन् ।
बुढापेस्टकी यी युवतीको विमानसँगको चक्कर जनवरीदेखि चलेको हो । त्यसलाई उनले लुफान्स भनेर बोलाउन रुचाउँछिन् । उनले त्यसलाई ६०० पाउन्डमा अनलाईनमा किनेकी हुन् ।
‘योसँग किन माया बस्यो मलाई नै पत्तो छैन् । यसलाई केबल म माया गर्छु,’ उनी भन्छिन्, ‘उ सुन्दर छ । उ मेरो आत्मीय साथी हो । बिहान उठ्ने बित्तिकै म उसलाई हेर्छु । सुत्नुअघि मैले दर्शन गर्ने अन्तिम पनि यही हो ।’
मिररमा प्रकाशित एउटा रिपोर्टअनुसार सान्ड्रा पहिलो पटक तीन वर्षको उमेरमा प्लेन देखेकी थिइन् । किशोरावस्थामा विमानमा काम गर्ने सपना देखेकी थिइन । उनले सन् २०२१ मा उड्यन क्षेत्रमा काम गर्ने अवसर पाइन । तर, गत वर्ष काम छोडेपछि खेलौना विमानसँगको सम्बन्धमा जोडिइन ।
आफू वास्तवमै विमानसँग प्रेममा परेको उनले दाबी गरेकी छिन् । लुफान्स उनीसँग भएको अहिलेसम्मकै सबैभन्दा उपर्युक्त पार्टनर हो । ‘मैले पहिले कुनै पार्टनरसँग यस्तो निकट महसुस गरेको थिइँन । जीवनमा पहिलो पटक म प्रेममा छु । औसत व्यक्तिभन्दा बढी मैले सधै विमानहरू मन पराएकी छु । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
पत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार