दोधारमा माओवादी र एकीकृत समाजवादी, ‘न कांग्रेसको साथ, न एमालेको विश्वास’
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार २१:४१:५१
६ चैत, काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक्लै जान डराइरहेका छन् सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) । निर्वाचन प्रचारप्रसारको अभियानमा सत्तारुढ दल नेपाली कांग्रेसले उनीहरुलाई छोडेर निकै अघि बढिसकेको छ । भन्नलाई माओवादी र एकीकृत समाजवादीका नेताहरुले गठबन्धन चिर्वाचनसम्म नै कायम रहने भन्दै आएका छन् । तर व्यवहारमा त्यो देखिदैन ।
माओवादी र एकीकृत समाजवादीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालले देख्न सकेको छैन । एमालेबाट फुटेर निर्माण भएको एकीकृत समाजवादीका नेता र कुनै समय एउटै पार्टी बनाएर सँगै रहेका माआवोदी नेतालाई एमाले अध्यक्षले हरेक सभा सम्मेलनमा कटाक्ष गर्दै आएका छन् ।
वास्तवमा माओवादी र एकीकृत समाजवादीले न त सत्तारुढ दल कांग्रेसको नै साथ पाउन सकेका छन् न एमालेको विश्वास जित्न नै । एक्लै निर्वाचनमा गए पराजय व्यहोर्नु पर्ला भन्ने डरले निर्वाचनमा होमिन हच्किरहेका छन् ।
सबैलाई थाहा छ निर्वाचनमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुनेछ । यी दुई दल तुलनात्मक रूपमा अरुभन्दा बलिया देखिन्छन् । सत्तामा सहकार्य गरिरहेका कारण बलिया देखिएकामध्ये कांग्रेससँग दुवै दल गठबन्धन गर्न चाहन्छन् । तर, गठबन्धनबारे सहमति भएको छैन ।
र, गठबन्धन चाहनेमध्येका माओवादी त्यो दल हो, जुन २०६४ मा भएको संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको थियो । त्यसयताको दुई निर्वाचनमा भने माओवादी लगातार तेस्रो हैसियतमा सीमित भएको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचन शान्ति प्रक्रियामा आएपछि माओवादीले सामना गर्ने चौंथो निर्वाचन हो । निर्वाचनमा माओवादी विभाजनको पीडासहित जाँदै छ, यसकारण पनि उ थप डराइरहेको छ ।
तर, उत्साहका साथ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान कास्कीको पोखरामा भने, ‘मधेसको ४÷५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक÷बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ । हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुन्छ भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।’
प्रचण्डको कांग्रेससँग गठबन्धन गर्न चाहँदाचाहँदै उक्त पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापालगायत नेताहरूले गठबन्धनविरोधी अभिव्यक्ति दिइरहेका छन् ।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने हालसम्म गठबन्धन गनुपर्ने पक्षमा छन् । गठबन्धनका दलहरूलाई भड्काउने गरि अभिव्यक्ति नदिन उनले निर्देशनसमेत दिएका छन् । तर, गठबन्धनविरोधी अभिव्यक्ति आउन रोकिएको छैन ।
यस्तो अवस्थामा प्रचण्डले कांग्रेसतर्फ लक्षित गर्दै भन्न थालेका छन्, ‘हामी कसैको वैशाकीमा होइन, हाम्रो आफ्नै बलमा निर्वाचन लड्नुपर्छ । तालमेल होला र निर्वाचन जितौंला होइन, जनतासँग साँठगाँठ गरेर जित्नुपर्छ ।’
प्रचण्ड यसरी गठबन्धन नभए पनि हुने भन्न थालेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधप नेपालले गठबन्धनविरुद्धमा उभिएका कांग्रेसका नेताहरू र एमालेका नेताहरूलाई ‘खिसिट्युरी गर्नेको हरिबिजोग हुन्छ’ भन्ने गरेका छन् ।
उनले एक्लै निर्वाचनमा जाने चाहिँ भनेका छैनन् । पूर्वपार्टी एमालेका अध्यक्ष केपी ओलीको मात्र आलोचन गर्दै आएका छन् । वाम राजनीतिक विश्लेषक भीम भूर्तेल माओवादी र एकीकृत समाजवादीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न असहज देख्छन् ।
‘एमसीसीको विपक्षमै रहेको भए एकखालको जनमत निर्माण हुन्थ्यो । त्यसलाई निर्वाचनमा उपयोग गर्न सकिन्थ्यो तर पछि पक्षमा उभिन पुगे’, भुर्तेलले न्युज कारखानासँग भने, ‘अर्कोतिर माओवादीले विभाजनको क्षति बेहार्नुप¥यो र एकीकृत समाजवादीको त संगठन विस्तार सबै ठाउँमा छैन ।’
स्थानीय निर्वाचन आउन भने ५४ दिन बाँकी छ । माओवादी दोस्रो पटक स्थानीय निर्वाचनमा जाँदै छ । नेकपा एकीकृत समाजवादी भने पहिलो पटक निर्वाचनमा जान लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार