अछाममा एक हजार २३१ म्यादी प्रहरीका लागि आवदेन खुला
नेपालबहस संवाददाता
चैत ७, २०७८ सोमबार १६:५९:५
७ चैत, अछाम । स्थानीय तहको निर्वाचनको लागि अछाममा एक हजार दुई सय ३१ म्यादी प्रहरी भर्ना लिइने भएको छ। आगामी ३० वैशाखमा देशभर एकैसाथ हुने स्थानीय तहको निर्वाचनका लागि अछाममा एक हजार दुई सय ३१ म्यादी प्रहरी भर्ना लिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विगतमा म्यादी प्रहरीको कार्यअवधि ५५ देखि ६० दिन अर्थात् दुई महिनाको हुने गरेको थियो । यस पटक भने एक महिना वा ४० दिन मात्र बनाउने तयारी भएको छ । तलब सुविधा पनि सोही अनुसार उपलब्ध हुने बताइएको छ ।
म्यादीलाई प्रहरी जवानसरह करिब २४ हजार तलब, पोसाक भत्ता पाँच हजार र खाजा खर्च उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ । एक हप्तादेखि १० दिनसम्म तालिम ९प्रशिक्षण० गराइने पनि बताइएको छ । उमेरको हकमा १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । गृहमन्त्रालयले देशभरबाट एक लाख म्यादी प्रहरी माग गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
आन्तरिक स्रोत साधन परिचालन गरी ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
माघ १०, २०८१ बिहिबार
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
माघ १०, २०८१ बिहिबार
भारतमा रेलमा आगलागीको अफवाह पछि भागदौड हुँदा ४ नेपालीसहित १३ जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणः रावि लामिछानेमाथि आजदेखि थुनछेक बहस
माघ १०, २०८१ बिहिबार
सूर्यविनायक–धुलिखेल सडकः दैनिक ५ घण्टा बन्द गरी निर्माण गर्ने तयारी
माघ १०, २०८१ बिहिबार
अमेरिकी डलरको मूल्य घट्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ १०, २०८१ बिहिबार