आमा बन्दै सोनम कपुर
नेपालबहस संवाददाता
चैत ७, २०७८ सोमबार २०:८:४९
७ चैत, काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छन् । उनले पति आनन्द आहुजासँगको आफ्नो ‘बेबी बम्प’ तस्बिर सेयर गर्दै आफू आमा बन्न लागेको घोषणा गरेकी हुन् । सोनमको यो निर्णयले बलिउडमा खुसीको माहोल छाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
‘चार हात, तिम्रो सबैभन्दा राम्रो ख्याल राख्नका हामी गर्न सक्छौं । दुई मुटु, जो तिमी सँगसँगै धड्किनेछ हरेक बाटोमा । हाम्रो परिवार, तिमीलाई प्रेम बर्साउनेछ र सहयोग गर्नेछ । हामी तिमीलाई स्वागत गर्न अब अरु समय पर्खन्नौं’, सोनमले इन्स्टाग्राममा तस्बिरसहित लेखेकी छन् ।
सामाजिक सञ्जालमा वाणी कपूर, करीना कपूर, अंशुला, खुसी, अबू जानी, जाह्नवी कपूरलगायतले सोनमलाई बधाई दिएका छन् ।
सोनमले विवाहको चार वर्षपछि पहिलो सन्तानलाई जन्म दिँदैछिन् । उनले सन् २०१८ मे ८ मा आनन्दसँग विवाह गरेकी थिइन् । विवाहपछि फिल्मबाट टाढिएकी सोनम अधिकांश समय पतिसँग लन्डनमा बस्दै आएकी छन् । परिवारका अनुसार आगामी अगस्ट र सेप्टेम्बरसम्ममा सोमन र आनन्दको परिवारमा नयाँ सदस्यको प्रवेश हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार