जनसेवा हस्पिटलको पत्रकार र परिवारलाई उपचारमा ५० प्रतिशत छुट
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १९:५७:२०
विशाल बस्नेत
८ फाल्गुन, महोत्तरी । करिब १६ कठ्ठा क्षेत्रफलमा फैलिएको एउटा भब्य भवन, भित्रसम्म पुग्नका लागी प्यासेजसहितको मोटरबाटो, छेउमा ५ थले भवन, भित्ता-भित्तामा टाँसेको ठूला टेलिभिजनका स्क्रिन, छुट्टाछुट्टै क्याबिन झट्ट हेर्दा सवैलाइ कुनै भब्य पाटी प्यालेस जस्तो लाग्छ । तर, यो पार्टी प्यालेस भने हैन विगत १५ वर्षदेखि महोत्तरीमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनसेवा हस्पिटलको परिवर्तित संरचना हो यो ।
महोत्तरीको बर्दिबासस्थित गौरीडाँडामा हालसालै बनेको यो जति महँगो संरचना देखिन्छ त्यति नै स्वास्थ्य सुविधा पनि विस्तार भएको छ। करिब १६ करोड खर्चेर बनाइएको यो भव्य संरचना सम्भवतस् मधेश प्रदेश कै उत्कृष्ट संरचना हो । अहिले अस्पतालले १२ जनाको विशेषज्ञ चिकित्सक सेवा दिएको छ । एमडीजिपीसहित ६ जना विशेषज्ञले २४ नै घण्टा सेवा दिइरहेका अस्पतालका संचालक सुमन भुजेलले बताए ।
निजी अस्पताल भएतापनी सबै वर्गमा स्वास्थ उपचार पहुँचमा पुर्याउन अस्पतालले सरकारले प्रदान गरेजस्तै स्वास्थ्य बिमा योजना ल्याएको छ । अस्पतालमा प्रभावित क्षेत्र लगायत अन्य ठाउँका बिरामीहरुलाई कार्ड बनाइदिने व्यवस्था गरिदिएको छ । जुन कार्डले उपचारमा छुटसहित सर्वसाधारणलाई राहत हुने विश्वास लिएको भुजेलले भने ।
निजी अस्पतालको भिडभाडमा यो अस्पतालले जिल्लामा नै पहिलोपल्ट आईसीयू, एनआईसीयू, हेभी रिप्लेसमेन्ट, इण्डोस्कोपी सर्जरी, ल्याप्कोसोपी, एपेण्डिक्समा विना सर्जरी उपचार जस्ता उत्त्कृष्ट सेवाहरु दिँदै आएको छ ।
अस्पतालमा विशेषज्ञसहित ६ वटा भेन्टिलेटरसमेत राखिएको छ । जलेश्वर अस्पतालपछी भेन्टिलेटरको सुविधा विस्तार गर्ने जनसेवा अस्पताल जिल्लामा नै दोश्रो बनेको छ ।
एक सय शय्या बेड क्षमता भएको अस्पतालले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेको दावी गरेको छ । ञहामी अन्य अस्पतालको तुलनामा मापदण्डका हिसावले निकै अगाडि छौँ,झ कम्युनिकेसन अफिसर विक्रम रौनियारले भने ।
अस्पतालले जिल्लाका सक्रिय पत्रकारहरुलाई समेत स्थायी सुविधाको व्यवस्थापन गरेको छ । जिल्लामा सक्रिय पत्रकारिता गरिरहेका पत्रकार र पत्रकारका परिवारलाई ५० प्रतिशत छुटमा उपचार सेवा प्रदान गर्ने निर्णय गरेको संचालक भुजेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार