एनआरएनएमा महाधिवेशनै महाधिवेशन
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २०:३५:३
८ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले समुहले काठमाडौंमै महाधिवेशन गरिहँदा एनआरएनएका अध्यक्ष कुमार पन्तले संघको १० औँ महाधिवेशन चैत १० र ११ गते काठमाडौंमा हुने बताएका छन् ।
मंगलबार एनआरएनएले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत दशौँ महाधिवेशन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले एनआरएनए एक र एकताबद्ध रहने दाबी गर्दै नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताए। पन्तले अधिवेशनबाट तीनैजना अध्यक्षका उम्मेदवारहरूले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको उल्लेख गरे ।
त्यस्तै, अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा बृहत् आमसहमति गर्नुबाहेक अन्य कुनै विकल्प नभएको बताए । उनले हरेकले आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढ्न आवश्यक रहेको भन्दै अध्यक्षका तीनै प्रत्याशीहरू मिलेर संस्थालाई अघि बढाउने बताए ।
अध्यक्षका अर्का प्रत्याशी कुल आचार्यले पदका लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए । उनले सबै गैरआवासीय नेपालीहरूले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि उल्लेख गरे ।
त्यस्तै, अध्यक्ष पदका अर्का प्रत्याशी रविना थापाले संस्थामा भएका विवादहरूलाई समाधान गरेर सहमतिमा अघि बढ्ने बताइन्। उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति र सहकार्यबेगर अघि लैजान गाह्रो भएको प्रस्ट पारिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार