खर्क मासेको भन्दै स्थानीयले ठप्प पारे सालासुङी जलविद्युत आयोजना
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १६:४३:५६
हेमनाथ खतिवडा
९ चैत, रसुवा । आमाछोदिङमो गाउँपालिका-५ मा निर्माणाधीन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले क्षति पुर्याएको भन्दै स्थानीयले शुक्रबारदेखि आयोजनाको काम रोकिदिएका छन् ।
वातावरणीय प्रभाव मूल्यांकनको आधारमा वातावरण संरक्षण गर्नेगरी सालासुङगी वाटर प्रालि र गाउँपालिकाको ५ वडा कार्यालयबीच २० असामा सम्झौता भएको थियो ।
तर, सम्झौताविपरीत आयोजना स्थलमार्ग निर्माणका क्रममा वनजंगल विनास गरेको, १० वटा खर्कमा क्षति पुर्याएको भन्दै स्थानीयले आयोजनाको काम नै ठप्प पारेका हुन् ।
सडक निर्माणका कारण ठूला ढुंगाले पशु हिँड्ने बाटो नभएको र घाँस पाउने खर्क मासिँदा २७ चौँरी तथा भेडा पालक किसान समस्यामा परेको चौँरीपालक किसान सोनामनुर्पु तामाङ बताए ।
हिउँ पर्ने मौसममा चौँरीगोठ तल सार्ने तथा गर्मी सुरु भएपछि लेकतिर सार्ने चलन छ । ‘अहिले त खर्क मासियो जंगलमा चरन खोज्न जाने बाने बाटो समेत छैन,’ किसान छेवाङ तामाङले बताए ।
आमाछोदिङमो गाउँपालिका(५ का वडाध्यक्ष टासी छेवाङ तामाङले माग सम्बोधन नभएपछि स्थानीयले काममा अवरोध गरेको सूचना प्राप्त भएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत भएको संझौता अनुसार काम नभएको उनले बताए ।
निर्माणाधीन माथिल्लो साङजेन आयोजनाभन्दा ५ सय मिटरमाथि यो आयोजनाको विद्युतगृह निर्माण भइरहेको छ । नेपाली साझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिशत लगानी छ । आयोजना टनेल ४ किमी र पेनसटकसमेत ७ किमी रहेको छ भने तातोपानीदेखि ड्याम साइडसम्म पुग्न ३२ किमी सडक निर्माणलगायतका काम भइसकेको छ ।
सालासुङ्गी पावर प्रालिका विष्णुराज अधिकारीले केही व्यक्तिले निहीत स्वार्थ पूरा गर्न आयोजनाको काममा अवरोध गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
यु–१९ एसिया कप: नेपालद्वारा अफगानिस्तान पराजित
मंसिर १८, २०८१ मंगलबार
राैतहटमा पनि गढीमाइ मेला, कार्यवाहक प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने
मंसिर १८, २०८१ मंगलबार
मंसिर २३ गते मधेश प्रदेशमा सार्वजनिक बिदा
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
आज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार