बागलुङमा माछापालन व्यवसाय फस्टाउँदै
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १७:४७:४५
९ चैत, बलेवा । दश वर्षदेखि माछापालन गरिरहेका रुद्र पौडेल माछापोखरी विस्तारको तयारीमा छन् । बागलुङ नगरपालिका–१२ को पात्लेखेतमा उनका चार पोखरी छन् । पौडेलले अझै केही पोखरी विस्तार गरेर व्यावसायिक माछापालन थाल्दै छन् ।
परम्परागत शैलीमा माछा पाल्दै आउनुभएका पौडेलले माछापालनसम्बन्धी थप ज्ञानको महसुस गरे । नगरपालिकाले सुरु गरेको तीनदिने माछापालनसम्बन्धी सीपमूलक तालिममा पौडेल सहभागी भए । “आजसम्म भनेको आधारमा गरियो, अब ज्ञान लिएर व्यावसायिक हिसाबले माछा पाल्ने सोँच छ”, पौडेल भन्छन ।
बागलुङ–३ को तरकारी गाउँमा १० वर्षदेखि माछा पालिरहेकाका गङ्गाबहादुर थापाले ट्राउट माछा पाल्ने योजना बनाएका छन् । चिसो पानीमा मात्रै हुने ट्राउट माछाको व्यावसायिक पालनका लागि उपयुक्त ठाउँ भेटेपछि थापाले माछा पालनसम्बन्धी ज्ञानको खोजी गरे। नगरपालिकाको तालिममा थापा पनि सहभागी भए ।
नगरपालिकाले आयोजना गरेको तीनदिने तालिममा पौडेल र थापाजस्ता केही पुराना तथा केही नयाँ व्यवसाय थाल्ने किसानको उत्साहजनक सहभागिता छ । पुराना किसानले सीप खोज्दै छन्भने नयाँ किसान सीप सिकेर व्यवसाय गर्ने तयारीमा छन् । नगरपालिकाले आयोजना गरेको तालिममा सहभागी झण्डै ३० किसानको व्यावसायिक माछा पालेर आम्दानी बढाउने एउटै लक्ष्य छ ।
बागलुङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदो छ । पाल्नका लागि सजिलो र उत्पादन राम्रो दिने भएकाले माछापालनमा किसानको आकर्षण बढेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा ऋषि सापकोटाले बताए । उनले पछिल्लो समय माछाको माग बढ्दै गएकाले किसानको आकर्षण माछामा रहेको बताए । सरकारी अनुदान र सीप हस्तान्तरणले किसानलाई सघाएको उनको धारणा थियो ।
बाँझो जग्गाको सदुपयोग गर्ने, स्थानीय दानाको प्रयोग गर्ने र उत्पादन लिनेगरी किसान माछापालनमा आकर्षित भएको नगर प्रमुख जनकराज पौडेलले बताए। अहिले पनि विदेशबाट माछा आयात हुने गरेको जनाउँदै पौडेलले माछाको उत्पादन र बजारीकरण बढाउन किसानलाई आग्रह गरे । “हामीले उत्पादनमा अनुदान र सीपमूलक तालिममा सहयोग गरेका छौँ, किसानले मेहेनत गरेर उत्पादन गर्नुहुन्छ”, पौडेल भन्छन, “यो पनि एउटा सजिलो व्यवसाय हो ।”
माछा विज्ञ गायत्रीराज वाग्लेले माछापालन र खाने शैलीमा परिवर्तन आवश्यक रहेको बताए । स्वास्थ्यका हिसाबले माछा खानु उपयुक्त रहेको उदाहरण दिँदै उहाँले सीपको अभावमा माछाको उत्पादनमा लागेका किसान निरुत्साहित हुने गरेको बताए । माछा पाल्न र खान दुवै हिसाबले फाइदाजनक रहेको उनले सुनाए। तीन दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण वाग्लेले गर्ने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार