दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १७:५१:३६
९ चैत, देउखुरी । सरकारले हात्तीपाइले रोग प्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रमअन्तर्गत दाङमा बुधबारसम्म करिब ५० प्रतिशत नागरिकले औषधि खाएका छन् ।
हात्तीपाइले रोग मानिसलाई शारीरिक समस्या गराउने र अशक्त, अपाङ्गता बनाउने एक सरुवा रोग हो । यो सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म तीन लाख ७४ हजार १४४ जनाले औषधि खाएका छन् । जिल्लाका १० वटै पालिकामा आम औषधि सेवन कार्यक्रम जारी छ । यस वर्ष छ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको थियो ।
हालै घोराही–२ रामपुरमा ३३० जनाको नमूना जाँच गर्दा ११ जनामा र देउखुरीको सिसहनियामा ३१४ जनाको नमूना जाँच गर्दा १५ जनामा हात्तीपाइलेको परजीवी भेटिएको थियो । कार्यालयको आँकडाअनुसार हातखुट्टा सुन्निएका २८९, हाइड्रोसिल भएका एक हजार ६१४ र दुवै भएका १३२ जना हात्तीपाइलेका रोगी रहेका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
एक हजार स्वास्थ्यकर्मीहरू औषधि खुवाउन घरदैलोमा रहेका छन् । लगातार छ वर्षसम्म औषधि सेवन गरेमा यो रोगबाट बच्न सकिन्छ तर दाङमा आम मानिसले औषधि सेवन नगरिदिँदा १२औँ वर्षका रूपमा यस वर्ष पनि औषधि खुवाउने अभियान सञ्चालन भएको उनले बताए । गत वर्ष दाङमा ६४ प्रतिशत नागरिकले मात्रै औषधि खाएका थिए । सबै नागरिकले नियमित औषधि सेवन नगर्दा अभियान नै प्रभावित हुँदै आएको छ ।
सबै पालिकाहरुको पूर्ण विवरण आउन बाँकी रहेकाले अहिलेसम्म ५० प्रतिशतले औषधि खाएको फोकल पर्सन चन्दले जानकारी दिए । पालिकाहरूले औषधि खुवाउनका लागि एकदेखि दुई हप्ताको समय छुट्याएका छन् । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिमा हात्तीपाइले रोगको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दछ भनेर बुझ्नुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीले बताए।
ती लक्षणहरु केही घण्टाभित्र आफैँ हराएर जाने उनले बताए । आगामी दुई वर्षमा जिल्लाबाट हात्तीपाइले रोगलाई निवारण गर्ने लक्ष्य लिइएको प्रमुख शाहीको भनाइ छ । अहिले पनि जिल्लामा चार प्रतिशतमा हात्तीपाइलेको परजीवी रहेको छ । कम्तीमा दुई प्रतिशतभन्दा तल झार्ने गरी आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘नियत सफा राखौँ, आचारण सुधारौँ’
असोज ९, २०८१ बुधबार
सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य
असोज ८, २०८१ मंगलबार
लुम्बिनी विकास कोषका सदस्य–सचिव र कोषाध्यक्षमाथि आक्रमण
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार