लुम्बिनी प्रदेशको ३० प्रतिशत क्षेत्र अझै विद्युत्विहीन
नेपालबहस संवाददाता
चैत ११, २०७८ शुक्रबार २१:४१:२८
११ चैत, बुटवल । लुम्बिनी प्रदेशमा अझै ३० प्रतिशत क्षेत्रमा विद्युत् पुग्न सकेको छैन । विद्युत्विहीन रहेको क्षेत्रमा पाँच वर्षभित्र विद्युतीकरण गरिने भएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका कतिपय ठाउँमा अझै विद्युत् पुग्न नसकेको हो ।
लुम्बिनी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अझै पनि प्रदेशको ३० प्रतिशत क्षेत्रमा विद्युत् पुग्न सकेको छैन । विद्युत् नपुगेको क्षेत्रमा आगामी पाँच वर्षभित्र विद्युत् सेवा विस्तार गर्ने गरी मन्त्रालयले योजना बनाएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले जानकारी दिए ।
मन्त्रालयले आगामी पाँच वर्षलाई उज्यालो प्रदेश कार्यक्रम नाम दिएर काम अगाडि बढाएको छ । “विद्युत् पुग्न नसकेको पाल्पाको निस्दी गाउँपालिकाबाट हामीले यो कार्यक्रम सुरु गर्दैछौं,” उनले भने ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुकुम पूर्वमा ८८.७५ प्रतिशत क्षेत्रमा अझै विद्युत् पुग्न सकेको छैन । रोल्पामा ५८ प्रतिशत, पाल्पामा २० प्रतिशत, गुल्मीमा २०, कपिलवस्तुमा १९, दाङमा १८, बाँकेमा १७, पश्चिम नवलपरासीमा १५, रुपन्देहीमा १३, अर्घाखाँचीमा ९, प्यूठानमा ९ र बर्दियामा ५ प्रतिशत क्षेत्र अझै पनि विद्युत्विहीन छ ।
मन्त्रालयका सचिव दिपक घिमिरेका अनुसार ती क्षेत्रहरूमा मन्त्रालयले योजनाबद्ध रूपमा विद्युतीकरणको काम अगाडि बढाएको छ । ‘पाँच वर्षभित्रै मन्त्रालयले ती सबै क्षेत्रमा विद्युत् विस्तारको काम सक्ने लक्ष्य लिएको छ र सोही अनुसार काम अगाडि बढाइएको छ,’ उनले भने । यसका लागि करिब तीन अर्ब रुपैयाँ लाग्ने मन्त्रालयको अनुमान छ । आगामी २०८३ सालसम्म विद्युतीकरणको योजना अघि बढ्ने घिमिरेको भनाइ छ ।
विद्युतीकरणका लागि मन्त्रालयले आर्थिक, सामाजिक दृष्टिले पछाडि परेका सिमान्तकृत वा पिछडिएको क्षेत्रका समुदायलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । ऊर्जामन्त्री रानाले प्रदेश सरकारले विद्युत् ऐन ल्याउने तयारी गरेको पनि जानकारी दिए । त्यस्तै विद्युतका सम्भावित आयोजनाहरूको पहिचानको काम पनि अगाडि बढाइएको मन्त्री रानाले बताए ।
प्रदेश सरकारको लक्ष्य पूरा गर्न पाँच वर्षमा करिव ७५० मेगावाट विद्युत् थप गर्नुपर्नेछ । यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा सौर्य ऊर्जा, लघु तथा साना जलविद्युत् आयोजना निर्माणको काम अघि बढाइने गरी सम्भाव्यता खोजीको काम भइरहेको मन्त्री रानाले जानकारी दिए । प्रदेशभित्र विभिन्न आठवटा ठूला सम्भाव्य जलविद्युत् आयोजनाबाट करिब तीन हजार मेगावाट विद्युत् उत्पादन हुन सक्ने मन्त्रालयका सचिव घिमिरेले बताए ।
मन्त्रालयका अनुसार हाल प्रदेशमा ३९.१८ मेगावाट जलविद्युत्, ९.६१६ मेगावाट सौर्य विद्युत्, ०.०२५ मेगावाट हाइब्रिड विद्युत् उत्पादन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा सदस्य मनोनयन
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
यु–१९ एसिया कप: नेपालद्वारा अफगानिस्तान पराजित
मंसिर १८, २०८१ मंगलबार
राैतहटमा पनि गढीमाइ मेला, कार्यवाहक प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
मंसिर २३ गते मधेश प्रदेशमा सार्वजनिक बिदा
मंसिर १८, २०८१ मंगलबार