गण्डकी सरकारले बनायो नयाँ गाडी किन्ने मापदण्ड
नेपालबहस संवाददाता
चैत ११, २०७८ शनिबार २:३६:३५
११ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले मातहतका लागि आवश्यक गाडी खरिदको मापदण्ड तयार गरेको छ । फागुन ३० गते बसेको बैठकले सवारी साधनको मापदण्ड अध्ययन प्रतिवेदन पास गरेको छ । गाडीको खरिद र उपयोगितामा एकरूपता ल्याउने तथा मितव्ययिता अपनाउन मापदण्ड तोकिएको हो ।
यसअघि गाडीको मूल्य अनुसार खरिद गर्ने गरेकोमा अव क्षमताका आधारमा खरिद व्यवस्था मिलाइएको छ । नयाँ मापदण्ड अनुसार मुख्यमन्त्रीका लागि ३ हजार सीसीको मात्रै गाडी किन्न पाइने भएको छ ।
सभामुख र मन्त्रीका लागि २५ सय सीसी तथा उपसभामुख, विपक्षी दलका नेता, राज्यमन्त्री, दलका सचेतक, दलका नेता, संसदीय सभापतिहरू, सहायक मन्त्री र प्रमुख सचिवका लागि २३ सय सीसीको गाडी किन्न पाइन्छ ।
यस्तै, मुख्य महान्यायाधिवक्ता, संवैधानिक निकायका प्रमुख र सदस्य, प्रदेश सचिवलाई २२ सय सीसीको गाडी किन्न पाइने गरी मापदण्ड तयार गरिएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । उनका अनुसार यसअघि मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयबाट पाउँदै आएका इन्धन अब आफ्नै मन्त्रालयबाट निकाल्न पाउने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार