प्रचण्डले गरे चितवनमा १३२ केभी सबस्टेसनको उद्घाटन
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार २०:५६:१२
१६ चैत, काठमाडौं । सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२÷३३÷११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ ।
माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गरेका हुन् ।
चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।
मकवानपुरको हेटौँडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकालिएको छ । हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ ।
कार्यक्रममा प्रचण्डले ऊर्जा क्षेत्रमा सशक्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले विद्युत निर्यात गर्ने अवस्थामा पुगिएको बताए । प्रचण्डले पूर्वी चितवन सबस्टेसनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न स्थानीयलाई अनुरोध गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन विद्युतको महसुल सस्तो बनाइएको बताए । उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य बढेर धान्न नसक्ने अवस्था छ, त्यसैले पेट्रोलियम पदार्थभन्दा करिब ४०÷५० प्रतिशत सस्तो विद्युत हरेक क्षेत्रमा प्रयोग गरौं ।’
कार्यक्रममा प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य भएको बताए ।
सबस्टेसनमा १३२÷३३ केभी, ३० एमभीए क्षमतार ३३÷११ केभी, १६.६ एमभिए क्षमताकाएक÷एक ओटा पावर ट्रान्सफर्मर रहेका छन् ।
सबस्टेसनबाट ११ केभी फिडरमार्फत राप्ती र खैरहनी नगरपालिकामा विद्युत् आपूर्ति भइरहेको छ । यसबाट करिब ४० हजार ग्राहक लाभान्वित भएका छन् ।
यस सबस्टेसनबाट चितवनकै पर्सा सबस्टेसनमा जोडी कालिका र रत्ननगर नगरपालिकामा विद्युत आपूर्ति ३३ केभी नयाँ लाइन निर्माण भइरहेको छ । सबस्टेसनदेखि चैनपुरसम्म निर्माण गर्नुपर्ने साढे ८ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा स्थानीय बासिन्दाको अवरोध रहेको प्राधिकरण, प्रसारण निर्देशनालयका उपकार्यकारी दीर्घायुकुमार श्रेष्ठले बताए ।
उनले स्थानीय, जनप्रतिनिधि, प्रशासनलगायतबीच पटक–पटक छलफल गरिएको भए पनि समस्या समाधान हुन नसकेको बताए । पूर्वी चितवन सबस्टेसन निर्माण जेठ २०७५ जेठबाट सुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार