पत्रकार महासंघको स्थापना दिवसः बिरामीलाई फलफुल वितरण
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार २३:४१:२३
१६ चैत, स्याङजा । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा फलफुल वितरण गरिएको छ । महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ स्याङ्जाले जिल्लाका विभिन्न अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरेको हो ।
पत्रकार महासंघ स्याङ्जा शाखाले जिल्ला अस्पताल स्याङ्जा, वालिङ नगर अस्पताल, चापाकोट नगर अस्पताल र गल्याङ नगर अस्पतालमा उपचारार्थ रहेका बिरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले जानकारी दिए ।
हरेक बर्ष चैत्र १६ गते पत्रकार महासंघले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ । यो बर्ष स्याङ्जा शाखाले अस्पतालका बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल दिएर स्थापना दिवस मनाइएको शाखाका अध्यक्ष सिग्देलले बताए ।
स्याङजा शाखाले जिल्ला सदरमुकाममा उपाध्यक्ष भवानी अधिकारी, चापाकोटमा जिल्ला सदस्य रामु भट्टराई, गल्याङमा गण्डकी प्रदेश प्रतिनिधि हिमाल न्यौपाने र वालिङमा शाखाका अध्यक्ष सिग्देलको नेतृत्वमा फलफुल वितरण कार्य सम्पन्न गरिएको जनाएको छ ।
मुलुकका हरेक परिवर्तनमा पत्रकार महासंघले महत्वपुर्ण भुमिका खेल्दै आएको बताउदै स्याङ्जा शाखाका अध्यक्ष सिग्देलले पत्रकारहरुका लागि आएको श्रमजीवी पत्रकार ऐन लामो समयदेखी कार्यन्वयन नहुनु दुखद रहेको बताए ।
पत्रकारहरुलाई नियन्त्रित गर्नेगरी आउन लागेको संचार ऐन बिचाराधिन अवस्थामा रहेपनि पत्रकारमैत्री ऐन ल्याउन सिग्देलले सरकार सगँ माग गरे । मुलुकका हरेक संकटमा पत्रकारहरुले खेलेको भुमिकाले नागरिकमा सचेतना जगाएको दावी गर्दै अध्यक्ष सिग्देलले कोरोना संक्रमणका बेला जोखिम मोलेर नागरिकको आवाजलाई सरकारका तिनै तह समक्ष पु¥याउने गतिलो उदाहरण भएको बताए ।
राजनीति भन्दा माथी उठेर समाजमा लुकेका र लुकाइएका विषयबस्तुको उठानमा नेपाली पत्रकारहरु लाग्न यो स्थापना दिवसले सबैलाई उर्जाशिल बनाउने छ भन्दै अध्यक्ष सिग्देलले शुभकामना व्यक्त गरे । स्याङ्जाका चार पालिकामा रहेका स्थानीय अस्पतालमा सक्रिय भुमिका सहित सहभागिता जनाएर पत्रकार महासंघको ६७ औंस्थापना दिवस मनाएकोमा स्याङजावासी सबै पत्रकारहरुलाई अध्यक्ष सिग्देलले धन्यवाद समेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार