किन लग्यो भारतले ऊर्जा क्षेत्रको द्विपक्षीय मुद्दालाई बीबीआईएन फ्रेमवर्क भित्र
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १४:२७:३९
२० चैत, काठमाडौं । नयाँदिल्लीमा शनिबार भएको ऊर्जा क्षेत्र सहयोग सम्बन्धी द्विपक्षीय बैठकमा भारतले नेपाललाई उपक्षेत्रिय संगठन बिबीआईएनमा प्रवेश गराएको छ । यही फेमवर्कभित्र रहेर नेपाल र भारतबीच सार्क उपक्षेत्रीय मोडलमा उर्जा क्षेत्रको सहकार्य विस्तार गर्ने सहमति पनि भएको छ ।
बीबीआइएनमा दक्षिण एसियाका चार देश बंगलादेश, भुटान, भारत र नेपाल सम्मिलित उपक्षेत्रीय संगठन हो तर यसमा पाकिस्तान छैन । दक्षिण एसीयाली क्षेत्रिय सहयोग संगठन (सार्क)बाट पाकिस्तानलाई एक्लो बनाउन भारतको पहलमा बिबीआईएन स्थापना गरिएको एक उपक्षेत्रीय संगठन हो । यो उपक्षेत्रिय संगठनमा नेपालको उर्जा क्षेत्रको समस्याका विषयमा छलफल भएको छैन ।
नेपाल र भारतबीच नयाँदिल्लीमा भएको द्विपक्षीय बैठकमा साझा भिजन बनाएर सँगै जाने उदेश्यका साथ नेपालको यो विषयलाई उपक्षेत्रीय संगठनमा प्रवेश गराइएको भनिएको छ ।
नेपाल र भारतले नयाँदिल्लीबाट शनिबार जारी गरेको ‘ऊर्जा क्षेत्र सहयोग सम्बन्धी नेपाल–भारत संयुक्त भिजन’ मा पनि उपक्षेत्रीय संगठन बिबीआइएनलाई अब सक्रिय बनाउने उल्लेख छ ।
कतिपय उर्जा क्षेत्रका जानकारहरुले यसमा अनविज्ञता पनि देखाएका छन् । भारत नेपालको लागि उर्जा निर्यातको एक मुख्यबजार हुने अपेक्षाका साथ नेपाल र भारतबीच यसअघि छलफल हुँदै आएको छ । तर, नेपालको उर्जा क्षमतालाई आंकल गर्दा भविश्यमा नेपालले सोचे जती उर्जा उत्पादन गरेको खण्डमा भारतीय बजार मात्रै पर्याप्त छैन ।
अर्को तर्फ बंगलादेशले नेपालको विद्युत उत्पादनमा लगानी गर्न र नेपालबाट विद्यु्त खरिद गर्न लामो समयदेखि प्रयास गरिरहेको छ । बिबीआईएनमाफर्त छलफल गराउँदा बंगलादेशको सहभागिता पनि यसमा रहन्छ ।
अर्थात बिबीआईएन फ्रेमवर्कमा सबै सहभागी पक्षहरू बीच पारस्परिक रूपमा सहमत सर्तहरूको अधीनमा आफ्ना साझेदार देशहरूलाई समावेश गर्न सकिने सम्भावना रहन्छ ।
यही आधारमा पनि नेपाल र भारतबीच सार्क उपक्षेत्रीय मोडलमा उर्जा क्षेत्रको सहकार्य विस्तार गर्ने सहमति हुनसक्छ । यस प्रकारको सहकार्य बिबिआइएनको ढाँचाभित्र विस्तार गर्ने र त्यसका सर्तहरु सहभागी पक्षहरुबीच आपसी सहमतिमा निर्धारण गरिने र नेपाल–भारत उर्जा क्षेत्र सहकार्य संयुक्त दृष्टिकोणमा रहने पनि भनिएको छ ।
यसअघि पनि बिबिआईएन मोडलमा मोटर भेइकल एग्रिमेन्ट भएको थियो । नेपाल, बंगलादेश र भारतले सो सम्झौतालाई अनुमोदन गरे पनि भुटानले वातावरणीय कारण देखाएर सहभागी भएन । पछिल्लो समयमा बीबीआईएन मोटर भेइकल सम्झौताका बैठकमा भुटान पर्यवेक्षकको रुपमा उपस्थित हुने गरेको छ । नेपाल, भारत र बंगलादेशले भने यसलाई अघि बढाउने बताइरहेका छन् ।
नेपाल, बंगलादेश र भारतबीच त्रिदेशीय विद्युत् प्रसारण लाइन निर्माणसहितको विषयमा पनि यसअघि वार्ताहरु नभएका होइनन् । नेपाल र बंगलादेशबीच हुने बैठकहरुमा दुवै देशले भारतसँग छुट्टाछुट्टै वार्ता गर्ने सहमति गरेका भएपनि यसमा त्रिदेशीय वार्ता भएको छैन् । बंगलादेशले नेपाल र भुटानबाट बिजुली किन्न चाहे पनि भारत हुँदै प्रसारण लाइन निर्माण गर्नु पर्ने भएकाले संभवत अब सजिलो हुन सक्छ । भारतसँग नेपाल र भुटान दुवै देशको विद्युत् उत्पादनमा सहकार्य र लगानी समेत छ ।
भुटानमा सबै परियोजना भारतीय अनुदान र ऋणमा निर्माण भएका छन् । नेपालमा भारतीय कम्पनीले अरुण तेस्रो परियोजना निर्माण गरिरहेको छ । अरु आयोजनामा पनि भारतका आँखा नपरेका छैनन् । तत्कालका लागि उपक्षेत्रीय संगठन लाभदायीक नदेखिएपनि निकट भविश्यमा उर्जा बजार विस्तारका लागि उपयोगी बन्न सक्ने विज्ञहरु धारणा राख्छन् ।
शनिबारको सहमतिमा विद्युत् उत्पादन गर्न संयुक्त परियोजना नेपालमा निर्माण गर्ने, सीमा पार प्रसारण लाइन पूर्वाधार निर्माण गर्ने, पारस्परिक लाभ, बजारको माग र दुवै देशको घरेलु नियमहरु आधारमा दुवै देशको बजारमा उचित पहुँच हुनेगरी बिजुली व्यापार गर्ने, राष्ट्रिय प्रसारणलाई सहकार्यमा सञ्चालन गर्ने र नयाँ प्रविधि, कार्य सञ्चालन तथा जानकारी संस्थागतरुपमा साझा गर्ने रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार