१ लाख रुपैयाँ घुससहित मालपोतका सर्भेक्षक र अमिन पक्राउ
नेपालबहस संवाददाता
चैत २३, २०७८ बुधबार १४:२१:४९
२३ चैत, काठमाडौं । नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
चाबहिलको १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्ट एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
सर्भेक्षक केसी र अमिन भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित पक्राउ गरिरहेको अख्तियारले जनाएको छ।
उनीहरुलाई ललितपुर महानगरपालिका-५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो स्वास्थ्यमन्त्री पौडेललाई प्रतिवेदन
पुष १९, २०८१ शुक्रबार
क्यालिफोर्नियामा विमान ठोक्किँदा दुईको मृत्यु, १८ घाइते
पुष १९, २०८१ शुक्रबार
युद्ध बिराम उलङ्घन गर्दै इजरायलद्वारा लेबनानमा बमबारी जारी
पुष १९, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार