तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
चैत २४, २०७८ बिहिबार ११:८:४८
वि.सं.२०७८ साल चैत २४ गते । बिहीबार । ईश्वी सन् २०२२ अप्रिल ०७ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–षष्ठी, बेलुकी ०६ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– मृगशिरा, बेलुकी ०९ बजेर २० मिनेट उप्रान्त आद्र्रा । योग– सौभाग्य, बिहान ०८ बजेर ३९ मिनेट उपान्त शोभन । करण–कौलव, ५ बजेर ५२ मिनेट उप्रान्त तैतिल, बेलुकी ०६ बजेर ५४ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–बृष, बिहान ०८ बजेर मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर २३ मिनेट । दिनमान ३१ घडी २३ पला । बिश्व स्वास्थ्य दिवस ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिने छ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिने छ । दाजुभाई तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिने छ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिने छ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहने छ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेको छ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिने छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा प्रसस्त नाँफा कमाउन सकिने छ भने लगानी गर्ने वातावरण बनाउन सकिने छ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरु रोकिन सक्छ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यम रहेको छ । तरपनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागी भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित सस्थाबाट मनग्गे लाभ लिन सकिनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जाने छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिने छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिने छ । साथिभाईहरुको सहयोग पाईने छ भने आफन्त तथा प्रशंसकहरू बढ्ने छन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्ने छ। परिवारजनसँग आत्मीयता बढ्ने छ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’ :- व्यवसायकै सन्द्रर्भमा लामो दुरिको व्यवसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटकिय व्यवसाय फस्टाएर जाने छ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिने छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समयले साथ दिने छ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडी बढ्ने छ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुदा अरुभन्दा पछी परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउने छ । मायाप्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथिसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिने छ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरी मनग्गे आम्दानी गर्न सकिने छ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- मायाप्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । बिद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिने छ भने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिने छ । पुराना ऋण चुक्ता गर्न सकिने छ भने पुराना रोगहरु केहि भए स्वत ठिक हुनेछ । व्यापार बिस्तार गरि मनग्गे आर्थिक लाभ लिन सकिने छ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- शिक्षा क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगती देख्न पाईने छ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा बिशेस चासो बढ्ने छ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपहार पाईने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- भौतिक सम्पती तथा बिलाशी वस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जाने छ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहने छन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढि नै समय खर्चनु पर्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार