म्याग्दीमा पाँच दलीय गठबन्धन हुने
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार २२:४६:५८
२४ चैत, पोखरा । म्याग्दीमा पाँच दलीय सत्ता गठबन्धन हुने भएको छ । आउँदो निर्वाचनका लागि पाँचवटै दलका जिल्ला नेतृत्व बसेर सबै पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् । यहाँ ६ वटा पालिका छन् ।
कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को संयोजकत्वमा बिहीबार कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले साझा उम्मेद्वार घोषणा गरेर जाने सहमति गरेका हुन् ।
वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेद्वारको टुंगो लाग्ने नेताहरूले बताएका छन् । चुनावी तालमेलका लागि जिल्ला र पालिकास्तरीय संयन्त्रसमेत निर्माण गरिएको छ ।
बैठकमा माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनता समाजवादीबाट देवेन्द्रबहादुर विश्वकर्मा र राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष छवि विश्वकर्मा सहभागी थिए ।
२०७४ को निर्वाचनमा जिसस उपप्रमुखसहित एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वडामा कांग्रेसले जितेको थियो । पाँचवटा वडामा माओवादी केन्द्र विजयी भएको थियो ।
बाँकी पालिकाको प्रमुख, उपप्रमुखसहित वडाहरू एमालेले जितेको थियो भने २ वडा स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए । बेनी नगरको उपप्रमुख एमालेको समर्थनमा राप्रपाले जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार