संस्थागत क्षमता स्वमूल्याङ्नमा स्याङ्जाको वालिङ प्रदेश प्रथम
नेपालबहस संवाददाता
चैत २४, २०७८ बिहिबार २३:३९:५३
♦ प्रकाश डोटेल
२४ चैत, स्याङ्जा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नमा स्याङ्जाको वालिङ नगरपालिका देश भरमा दोस्रो र गण्डकी प्रदेशका स्थानीय तहमा पहिलो भएको हो ।
मन्त्रालयले प्रकाशन गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा स्याङ्जाको वालिङले ९५ अंक प्राप्त गर्दै दोस्रो भएको हो भने फेदिखोला गाउँपालिका ९२.७५ अंक प्राप्त गरि चौंथो भएको छ । तेस्रो स्थानमा रहेको गुर्भाकोट नगरपालिका सुर्खेतले ९३.२५ अंक प्राप्त गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजामा धादिङको निलकण्ठ नगरपालिका ९७ अंक प्राप्त गरि उत्कृष्ट भएको छ । मन्त्रालयले देशका ७५३ पालिका मध्ये लिजा प्रणालीमा प्रविष्ट भएका ६९९ पालिकाको आर्थिक वर्ष ७७÷७८ को नतिजा सार्वजनिक गरेको हो ।
जिल्लाका पालिकाहरूको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा अनुशार पुतलीबजार नगरपालिका तेस्रोमा छ । पुतलीबजार नगरपालिकाले ८२.५ अंक प्राप्त गरेको छ भने आँधीखोला गाउँपालिकाले ७९ अंक प्राप्त गरेको छ । भीरकोट पाँचौ स्थानमा छ भीरकोटले ७७.७५ अंक प्राप्त गरेको छ ।
स्याङ्जाकै हरिनास गाँउपालिका ६५.५ अंक, कालीगण्डकी गाँउपालिका ६४.२५ अंक, गल्याङ नगरपालिका ६२.२५ अंक, बिरुवा गाँउपालिका ६०.७५ अंक र चापाकोट नगरपालिकाको ४९.७५ अंक रहेको छ ।
मन्त्रालयले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समाबेशीकरण, वातावरण संरक्षण र सहकार्य र समन्वय गरी दशवटा विषय क्षेत्रलाई समेटेर तयार पारिएको ६९९ पालिकाको स्वमूल्याङ्कन नतिजा मन्त्रालयले हालै सार्वजनिक गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार