चौबाटार सिँचाइ योजना निर्माण, कृषक खुशी
नेपालबहस संवाददाता
चैत २५, २०७८ शुक्रबार १९:२७:५५
२५ चैत, अर्घाखाँची । अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण गरिएको छ । छत्रदेव गाउँपालिका वडा नं ६ ठूलापोखरामा रहेको उक्त योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषक खुशी भएका छन् ।
लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उक्त आयोजना उद्घाटन गर्दै सबै कृषकलाई व्यावसायिकरुपले कृषिमा लाग्न आग्रह गरे ।
उक्त योजनाबाट २२० घरधुरीका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । रु आठ करोड ३९ लाखको लागतमा निर्माण गरिएको आयोजना जरेखोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लामो रहेकोे सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताए ।
विसं २०४३ देखि नै योजनामा पारेर कुलो निर्माण गर्न स्थानीय अग्रसर भए पनि त्यो सपना ३६ वर्षपछि पूरा भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जनतासँग आफूले गरेको चुनाबी प्रतिबद्धताअनुसार चौबाटार सिँचाइ योजनाको काम सम्पन्न भएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।
उनले सुरुमा चौबाटारमा सिँचाइको व्यवस्था गर्छु भनेर स्थानीय अगुवाले धेरैले चुनावी नारा बनाए र तपाईंले पनि त्यही गर्ने त होला भनेकामा आफूले पहल गरेर काम सम्पन्न गरेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार