स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू
नेपालबहस संवाददाता
चैत २६, २०७८ शनिबार १४:४५:९
२६ चैत काठमाडौं । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गएरातिदेखि निर्वाचन आचार संहिता लागू भएको छ ।
निर्वाचन आयोगले आचार संहिता तयार पारी राजनीतिक दलहरुलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेको छ । आचारसंहिता लागू भएपछि सरकारले कुनै पनि नयाँ नियुक्ति, सरुवा, बढुवा वा नयाँ खर्च सम्बन्धि कार्यक्रम गर्न पाउँने छैन् । यसैगरी, कुनै पनि योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काममा पनि प्रतिबन्ध लगाइएको छ ।
निर्वाचन आयोगले चुनावमा जाने राजनीतिक दल वा उम्मेदवारका लागि पनि आचारसंहिता बनाएको छ । जसअनुसार भड्किलो प्रचार प्रसार गर्न रोक लगाइएको छ भने सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि स्थानीय प्रशासनबाट ७२ घण्टा अगावै अनुमति लिनुपर्नेछ । प्रचार प्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइनेछ ।
यस्तै, कुनै पनि दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला जस्ता सामग्री वितरण गर्न तथा प्रयोग गर्न पाइने छैन् । उम्मेदवारले ‘ए–फोर’ साइजको कागजमा आफ्नो व्यक्तिगत विवरण र योजना बनाएर वितरण गर्न भने पाउने छन् । प्रचारमा साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगा लगायतका सवारी साधन प्रयोग गर्न पाइने छैन । तर, चुनाव प्रचारमा जान हेलिकप्टर भने प्रयोग गर्न पाइने छ । सरकारी तथा निजी मिडियाले पनि पक्षधरता देखिने गरी सामग्री सम्प्रेषण गर्न पाउने छैनन ।
यस्तै, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, गैरसरकारी संस्था, विश्वविद्यालय वा विद्यालयका शिक्षक, कर्मचारी, निजी क्षेत्र र मतदातालाई समेत निर्वाचन आचारसंहिता लागू हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार