कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल !
नेपालबहस संवाददाता
चैत २७, २०७८ आइतबार १९:२६:३७
२७ चैत, पोखरा । केन्द्रीय सत्ता गठबन्धनभित्रका दलहरू स्थानीय निर्वाचनमा उम्मेदवार चयन लगायत विषयमा कास्कीमा भने अल्मलिएका छन् । केन्द्रीय नेतृत्वको निर्णयमा ढिलाई हुँदा तल्लो तहमा उम्मेदवार सिफारिसदेखि चुनावी गतिविधि सन्चालनसम्ममा अलमल देखिएको हो ।
गठबन्धनभित्रैको दल जनता समाजवादी पार्टीले भने कास्कीको अन्नपूर्ण गाउँपालिकासहित केही वडामा उम्मेदवार टुंग्याएको छ । अन्नपूर्णमा २१ वर्षका नवराज पौडेललाई अध्यक्षमा अघि सारेको छ । त्यसबाहेक अन्नपूर्णका आठ वडामा पनि अध्यक्षका उम्मेदवार सिफारिस भैसकेको छ ।
उपाध्यक्षसहित दुई वडाध्यक्ष र आठ सदस्यमा गठबन्धनसँग मिल्न सकिने जसपा नेताहरू बताउँछन् । ‘हामीले जिल्लाका कुनै पनि पालिकामा प्रमुख लिने ठाउँ छैन । कुनै पालिकाको उपाध्यक्ष लिएर सबैजसो वडामा सहभागी हुने हिसाबले जान्छौं,’ एक नेताले भने, ‘प्रभावका हिसाबले अन्नपूर्णमा हाम्रो दावी छ ।’ जसपा नेता नेत्र चपाईं पार्टीको तर्फबाट गाउँ घुम्ने र उम्मेदवार चिनाउने गरी काममा व्यस्त छन् । भन्छन्, ‘अन्नपूर्णको उपाध्यक्ष लिने र सबैजसो वडामा प्रतिनिधित्व हुने गरी गठबन्धन हुन्छ । हामी त्यसकै पक्षमा छौं ।’
कांग्रेसबाट १० वटा वडामा उम्मेदवार सर्वसम्मत भैसकेका जिल्ला सचिव भानु ढकालले जानकारी दिए । ‘वडामा निर्णय भएको छ । सबैले सर्वसम्मत गर्नुभएको छ,’ उनले भने, ‘अहिले त्योभन्दा माथिल्लो निकायमा सिफारिस भएको छैन । हामीले आन्तरिक तयारी सुरू गरिसकेका छौं ।’ एमालेको सिफारिस सकिने बित्तिकै आफूहरूले फटाफट उम्मेदवार टुंग्याउने उनको भनाइ छ । ‘हामी एमालेको सिफारिस हेरेर बसेका छौं । त्यो टुंगिएपछि उम्मेदवार घोषणा गर्छौं । त्यतिबेला गठबन्धन होस् वा नहोस् वास्ता गर्दैनौं,’ उनले भने ।
माओवादीको जिल्ला स्तरीय नेताहरूले मादी गाउँपालिकाको प्रमुखमा दावी गरेका छन् । २०७४ सालको चुनावमा कांग्रेससँग मिलेर मादीका तीन वडामा अध्यक्ष जितेको माओवादीले पाँच पालिकामध्ये मादीमा आफ्नो दावी रहने बताएको हो । तर स्थानीय नेताहरू भने उपाध्यक्ष आफूले लिएर कांग्रेसलाई अध्यक्ष दिन राजी भएका छन् । ‘जनाधार हेर्दा गठबन्धनभित्र कांग्रेस पहिलो पार्टी हो ।
उसलाई अध्यक्ष दिँदा हाम्रो थोरै सहयोगले चुनाव जित्छ,’ वडाध्यक्ष समेत रहेका नेता लालबहादुर गुरुङ भन्छन्, ‘उपाध्यक्षमा हामीले लियौं भने कांग्रेसका साथीहरूले पनि खुशी भएर भोट हाल्छन् । यसरी सहमति गर्नुपर्छ । मैले नेतृत्वलाई त्यहि सुझाव दिएको छु ।’
नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा प्रमुख पद ताकेको छ । जिल्ला अध्यक्ष धनराज आचार्य आफैले पोखराको मेयरमा दावी गरेका छन् । पार्टीमा पूराना नेता श्रीनाथ बराल समेत मेयरको दावेदार हुन् । तर, पोखराको मेयर कसले पाउने भन्ने टुंगो केन्द्रबाट हुने भएकोले अहिले नै यसै भन्न सकिने अवस्था छैन । २०७४ सालको स्थानीय चुनावमा अन्नपूर्णको अध्यक्षबाहेक सबै प्रमुख र उपप्रमुख एमालेले जितेको हो । ७२ वडामध्ये २४ वडा कांग्रेसले, ३ वडा माओवादी र बाँकी एमालेले जितेको हो ।
कांग्रेस भने पालिकाको प्रमुख कुनै हालतमा नछोड्ने पक्षमा छ । २०७४ सालको मतका आधारमा सबै पालिकामा कांग्रेस दोस्रो रहेको भन्दै प्रमुख पद आफूले लिएर अरुमा गठबन्धन दललाई मिलाउने प्रयास कांग्रेसबाट भैरहेको सचिव ढकालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार