वालिङका नवउद्यमी र कोरोना प्रभावितलाई नगद अनुदान
नेपालबहस संवाददाता
चैत २७, २०७८ सोमबार २:५१:४९
२७ चैत, स्याङ्जा । कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यवसाय शुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका तथा आफ्नै व्यवसाय शुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले नगद अनुदान उपलव्ध गराएको हो ।
उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’कारुपमा २० जना युवायुवतीलाई जनही ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिका नगर प्रमुख दिलीप प्रताप खाँणले जानकारी दिए । पालिकाले यस अघि पनि आफ्नै व्यवसाय शुरु गर्न चाहाने युवायुवतीहरुका लागि स्टार्टअपका रुपमा नगद अनुदान दिदै आएको छ ।
“कोरोना संक्रमणका कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशीलता तर्फ लाग्न प्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरिएको छ ।” नगरप्रमुख खाँणले भने, “सोहीकोष मार्फत आफ्नै व्यवसाय शुरु गर्न चाहाने तथा व्यावसायको थप प्रबद्र्धन गर्ने युवायुवतीलाई सहयोग गर्दै जाने नगरपालिकाको योजना रहेको छ ।”
विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवा युवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आय आर्जन बृद्धि गर्न ‘उद्यमशीलता व्यवसाय प्रबद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक सञ्चालन कार्यविधि–२०७७’निर्माण गरी सोही कार्य विधिका आधारमा स्थापित कोषबाट आर्थिक सहयोग गर्दै आएको नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमण र अन्यकारणबाट बेरोजगारी समस्या बढ्दै गएको बताउँदै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालले स्वरोजगार बनाउन र उत्पादन मुलक क्षेत्रमा पे्ररित गर्न नगद अनुदानले निक्कै सहयोगी हुने विश्वास गरेको छ ।
बिभिन्न समस्याका कारण रोजगारी गुमाएका र अवके गर्ने, के नगर्ने ?अन्यौलमा रहेका युवायुवतीलाई उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’का रुपमा बिगत दुई वर्षदेखि नगद अनुदान दिन थालिएको युएनडिपीको स्थानीय साझेदार दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिईन् ।
नगरपालिकाले बिगत २ बर्षदेखि नव उद्यमी तथा कोभिड प्रभावितहरुलाई अनुदान र नविनतम सोचलाई पुरस्कृत गर्दै आएको छ । नव उद्यमीलाई अनुदानको सहि प्रयोग गर्दै नविनतम र उत्पादनलाई बढाउन नगरपालिकाले आग्रह गरेको छ ।
उद्यमशीलताको क्षेत्रमा नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गर्न लागेको नगरका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए । उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने गरी क्रियाकलाप सञ्चालनमा रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार