७५० मिटर लामो सिञ्चाई कुलो निर्माण
नेपालबहस संवाददाता
चैत २८, २०७८ सोमबार १७:५५:५
२८ चैत, वालिङ । स्याङ्जाको वालिङ ७ मा भोटेखोरिया बाहुनधारा सिञ्चाई पक्की कुलो निर्माण गरिएको छ । वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कुलो निर्माण गरिएको हो । गत माघ १० गतेबाट उपभोक्ता समिति र स्थानीयको जनश्रमदानमा निर्माण शुरु गरिएको उक्त योजना गत बिहीबार निर्माण सम्पन्न भएको हो ।
निर्माण सम्पन्न भएको कूलोको आईतबार नगर प्रमुख दिलीपप्रताप खाँणले अनुगमन तथा अवलोकन गर्दै यहाँका किसानलाई उत्पादनसँग जोड्नकालागि निक्कै महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । उनले उपभोक्ता समिति र स्थानीयको जनश्रमदानबाट निक्कै राम्रो काम भएको छ अब यसको संरक्षण र मर्मतकालागि पनि नगरपालिकाले यसै समितिमार्फत काम अगाडि बढाउने बताए ।
वालिङ नगरपालिकाबाट रु. ३ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ७ लाख ५२ हजार गरी कूल १० लाख ५२ हजार रकम विनियोजन भई निर्माण सम्पन्न भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख पवन बस्यालले बताए ।
५५० मिटर नयाँ निर्माण गरिएको हो भने २०० मिटर पुरानोलाई मर्मत गरिएको उक्त कुलो कूल ७५० मिटर लम्बाईको छ । उक्त कुलो निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै २६ घरधुरीका नागरिकहरुले खेती गर्दै आएको जमिनमा सिञ्चाईको सहजता हुने समितिका अध्यक्ष टेकबहादुर सार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार