मेलम्ची काठमाडौंका धारामा आइपुग्न दुई साता लाग्ने
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार १९:३३:२२
२९ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुरूङमार्गमा पानी पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरे । गत २ असारमा गएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, निर्वाचन आचारसंहिता लागु भएसँगै उनको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको थियो ।
सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुर्याउने घोषणा गरेको थियो । सोही आधारमा आजबाट पानी सुरूङमार्गमा पठाइएको हो । उक्त पानी काठमाडौैंमा उपलब्ध हुन भने अझै दुई साता लाग्नेछ ।
बाढीले मेलम्चीको मुहानमा क्षति पुर्याएको थियो । उक्त क्षेत्रमा मर्मत सम्भार तथा सरसफाईको काम सकिएको छ । पुल तथा सडक निर्माण लगायतका आवश्यक भौतिक संरचना पुनर्निर्माणको काम भने जारी नै छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले सुरूङमार्गमा पानी पठाउने काम सम्पन्न भएको बताए ।
उक्त पानी काठमाडौंका धारा धारामा आउन अझै केही दिन लाग्ने उनको भनाइ छ । गत चैत १७ गतेदेखि मेलम्चीको पानी काठमाडौंमा झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर १७ करोड लिटर पानी पठाइएको थियो ।
परीक्षणका लागि भन्दै १ असारमा सुरूङमा पानी पठाउन बन्द गरिएको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मेलम्ची आयोजनामा क्षति पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार