८ महिनामा आयात ३८.६ प्रतिशत र निर्यात ८२.९ प्रतिशतले बढ्यो
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २१:१३:१९
२९ चैत, काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा आयात र निर्यात बढेको छ । गत वर्षको आठ महिनाको तुलनामा आयात ३८.६ प्रतिशत र निर्यात ८२.९ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ८ महिनासम्ममा आयात र निर्यात दुवै बढेको तथ्यांक सार्वजनिक गरेको छ ।
फागुन मसान्तसम्म कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भएर १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.८ प्रतिशतले मात्र वृद्धि भएको थियो ।
त्यस्तै कुल वस्तु आयात भने ३८.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २।१ प्रतिशतले मात्र बढेको थियो ।
८ महिनामा कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भएर ११ खर्ब ६० अर्ब ९९ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार