फागुनसम्म झण्डै डेढ लाखले लिए सहुलियतपूर्ण कर्जा
नेपालबहस संवाददाता
चैत २९, २०७८ मंगलबार २२:२०:३
२९ चैत, काठमाडौं । चालु आवको आठ महिनामा झण्डै डेढ लाखले सहुलियतपूर्ण कर्जा लिएका छन् । केन्द्रीय बैंकले फागुनसम्ममा १ अर्ब ३४ अर्ब सहुलियतपूर्ण कर्जा लगानी गरेको तथ्याङ सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार फागुनसम्ममा १ लाख ४२ हजार ६२० जनाले सहुलियतपुर्ण कर्जा लिएका छन् ।
उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन राष्ट्र बैंकले तोकिएका निर्देशित क्षेत्रमा निश्चित प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले कृषि, जलविद्युत र साना तथा मझौला उद्योगमा निश्चित प्रतिशत कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।
व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायीक शिक्षा कर्जा, भुकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनको लागि कर्जा, युवा वर्ग स्वरोजगार कर्जा लगायत विभिन्न कर्जा शीर्षकमा बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रदान गरेका छन् ।
राष्ट्र बैंकका अनुसार कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ५६० ऋणीलाई प्रवाह भएको १३७ अर्ब ७९ करोड कर्जा रहेको छ । त्यस्तै, महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार १९७ महिला उद्यमीलाई प्रवाह भएको ७४ अर्ब १७ करोड कर्जा रहेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८६३ ऋणीको ३ अर्ब ८० करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार